२०८३ भाद्र २८ गते आइतवार

images

सहकारी ठगी र बैङ्किङ कसुरको मुद्दामा मिलापत्र गर्न सकिने

सहकारी ठगी र बैङ्किङ कसुरको मुद्दामा मिलापत्र गर्न सकिने

सहर्ष न्युज
बुधवार, आश्विन ९ २०८१
सहर्ष न्युज
बुधवार, आश्विन ९ २०८१
  • काठमाडौं । बैङ्किङ कसुर र सहकारी ठगीको मुद्दा नयाँ ढंगले अघि बढ्ने भएको छ । यो मुद्दामा मिलापत्रको लागि बाटो खुला भएसँगै यो बिषय नयाँ ढंगबाट अघि बढेको हो । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत महान्यायाधिवक्ता रमेश बडालले पीडितलाई रकम फिर्ता गरेर मिलापत्र गर्न सकिने जानकारी दिनुभएको हो ।

    संसद्ले दिएको सुझावले पीडितलाई छिटो भन्दा छिटो राहत दिनेगरी अघि बढ्नुपर्न अवस्था रहेको भन्दै उहाँले फौजदारी मुद्दा मिलापत्र गर्ने विषय नेपालमा नयाँ भएको पनि बताउनुभयो। अहिलेसम्म प्राकृतिक व्यक्तिलाई मात्रै सर्वसाधारण व्यक्ति भन्दै मान्दै आएकामा अबदेखि कानुनी व्यक्ति पनि सर्वसाधारण भित्र पर्ने सर्वोच्च अदालतको फैसलापछि कानुनी व्यक्ति अर्थात् संस्थाको विषय मिलापत्र भित्र समावेश गर्नेगरी निर्देशन दिएको बताउनुभयो। आपराधिक विश्वासघात, ठेक्कापट्टासँग सम्बन्धित रहेका कतिपय घटनालाई पनि मिलापत्र गर्नसक्ने (अवस्था हेरी) व्यवस्था गरिएको बताउनुभयो।

    उहाँले भन्नुभयो, ‘वैदेशिक ठगीको मुद्दा मिलापत्र गर्ने त पहिलादेखि नै सुरुवात भइसकेको थियो। तीन वर्षअघि बैङ्किङ कसुर चेक अनादरसँग सम्बन्धित विषय खुला गरेका थियौँ। त्यसमा हामीले मिलापत्रको लागि बाटो खुला गरेका थियौँ। त्यसको इम्प्याक्ट पोजेटिभ नै परेको छ भन्ने हाम्रो बुझाई छ। अहिले यसमा सर्वसाधारण भन्ने शब्दभित्र के पर्छ रु अहिलेसम्म प्राकृतिक व्यक्तिलाई मात्रै सर्वसाधारण व्यक्ति भन्दै मान्दै आएका थियौँ भने सुप्रिम कोर्टले एउटा फैसलाबाट होइन, कानुनी व्यक्ति पनि सर्वसाधारण भित्र पर्छ है भन्ने फैसला गरेको परिस्थितिमा हामीले कानुनी व्यक्ति अर्थात् संस्थाको विषय पनि मिलापत्र भित्र समावेश गर्नेगरी यसमा निर्देशन दिएका छौँ। ’’

    उहाँले पहिला बैङ्किङ कसुरको चेक अनादर मात्रै रहेको तर अहिले सहकारी ऐन अन्तर्गतको कसुर र बैङ्किङ कसुरमा मुद्दा चल्ने बताउनुभयो। ऋण प्रवाहसँग सम्बन्धित भएर गएका विषयवस्तुहरू पनि मिलापत्र गर्न दिनुपर्छ भन्ने निष्कर्षमा आफूहरू पुगेको बताउनुभयो।

    पीडितले रकम पाउन सक्ने अवस्था भए मिलापत्र हुने उहाँले प्रष्ट पार्नुभयो। ‘‘हामीले बैङ्किङ कसुर र सहकारी ठगीको मुद्दामा पनि मुद्दा मिलापत्रको लागि बाटो खुला गरेका छौँ। बैङ्किङ कसुरको पहिला चेक अनादर मात्रै थियो भने अहिले सहकारी ऐन अन्तर्गतको कसुर र बैङ्किङ कसुरमा यदि त्यसको प्रणाली नै ध्वस्त पार्ने गरी गएको रहेछ भने त्यसलाई हामीले यहाँ समेटेनौँ। त्यही भएर लोनसँग सम्बन्धित भएर, ऋण प्रवाहसँग सम्बन्धित भएर गएका विषयवस्तुहरू रहेछन् भने त्यस्तो विषयवस्तु पनि मिलापत्र गर्न दिनुपर्छ भनेर निष्कर्षमा पुग्यौँ। ’’

    धेरै सजाय माग गर्ने मात्रै समस्याको समाधान नभएकाले सम्बन्धित मुद्दाअनुसारको अभियोजन हुनुपर्ने बताउनुभयो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend