२०८३ भाद्र २८ गते आइतवार

images
  • सेयर बजार
  • अन्ततः धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया...

अन्ततः धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया नै रद्द

अन्ततः धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया नै रद्द

सहर्ष न्युज
शुक्रवार, आषाढ २८ २०८१
सहर्ष न्युज
शुक्रवार, आषाढ २८ २०८१
  • सहर्ष न्युज, काठमाडौं । ठूलो विवादका बीच नियुक्ती हुन लागेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रक्रिया नै रद्द भएको छ । बोर्डको गठित समितिले अध्यक्ष नियुक्ति सम्बन्धी प्रक्रिया रद्द गरेको छ । बोर्डको असार १४ गते बसेको बैठकको निर्णय अनुसार समितिले हालसम्म सम्पन्न गरेका छनौट सम्बन्धी सम्पूर्ण प्रक्रियाहरु रद्द गरेको हो ।

    बोर्डको अध्यक्ष निमित्त नाम सिफारिस गर्नको लागि २०८० फागुन १६ मा सूचना प्रकाशन गरेको थियो ।

    समितिले असार पहिलो साता अध्यक्ष पदमा प्रतिस्पर्धामा रहेका संक्षिप्त सूचीका ५ जनालाई अन्तर्वार्ताका लागि बोलाएको थियो। पाँचमध्ये तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिश गर्ने योजना थियो।

    तर, प्रतिस्पर्धीमध्ये मुक्तिनाथ श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ मात्रै अन्तर्वार्ताका लागि पुगेका थिए। बाँकी तीन प्रतिस्पर्धी नवराज अधिकारी, चिरञ्जिवी चापागाई र कृष्णबहादुर कार्की अन्तर्वार्तामा अनुपस्थित भएका थिए ।

    समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मिन बहादुर श्रेष्ठ, अर्थसचिव मधुकुमार मरासीनी र विज्ञ सदस्य उदय निरौला रहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend