२०८३ श्रावण ११ गते सोमवार

images

आईपीओ निष्काशन गर्दै सैदी पावर, बिक्रीप्रबन्धकमा कुमारी क्यापिटल

आईपीओ निष्काशन गर्दै सैदी पावर, बिक्रीप्रबन्धकमा कुमारी क्यापिटल

सहर्ष न्युज
शुक्रवार, आषाढ २८ २०८१
सहर्ष न्युज
शुक्रवार, आषाढ २८ २०८१
  • सहर्ष न्युज, काठमाडौं । सैदी पावर कम्पनी लिमिटेडले साधारण सेयर(आईपीओ) सर्वसाधारणमा निष्काशन गर्ने भएको छ । कम्पनीले १ लाख ७० हजार ४९ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको हो ।

    सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रूपैयाँ तोकिएको छ । सेयर विशेष गरी प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको छ ।

    सैदी पावर कम्पनी लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष कुशल थापा तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले सम्झौता—पत्रमा हस्ताक्षर गरेका छन् ।

    सैदी पावर कम्पनी लिमिटेडले कास्की जिल्लामा अवस्थित सैती खोलाको पानी सदुपयोग गरि ९९९ किलोवाट क्षमताको लघुजलविद्युत आयोजना निर्माण गरी २०७९ सालबाट व्यवसायिक विद्युत उत्पादन गरी आयोजना सञ्चालनमा रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend