ई–आर्थिक, काठमाडौं । १०७औं आरएनजीसी ओपन बर्थडे कप गल्फ प्रतियोगिताको उपाधि प्रतापबहादुर बोहोराले जितेका छन् ।
रोयल नेपाल गल्फ क्लबमा स्टेबलफोर्ड फरम्याटमा भएको प्रतिस्पर्धामा उपाधि जित्ने क्रममा उनले ४१ अंक जोडे । काउन्ट ब्याकमा ४० अंकसहित किशोर बस्नेत दोस्रो भए ।
प्रतियोगिताको ग्रसतर्फको उपाधि टासी छिरिङले जिते । उनले ३७ अंक बनाए । महिलातर्फ ३८ अंक बनाएकी सुमित्रा खड्का पहिलो भइन् । ३४ अंकसहित गीता गुरुङ दोस्रो भइन् । महिला सिनियर तर्फको उपाधि पुष्पा राईले जितिन् । उनले २८ अंक जोडिन् । ३८ अंक बनाएका गणेश भण्डारीले सिनियरतर्फको उपाधि जिते । सुपर सिनियरमा पवनजंग थापा पहिलो भए ।
यस्तै आरएनजीसी प्रोतर्फ प्रदीपकुमार लामा पहिलो भए । उनले ६२ स्कोर गरे । ६६ स्कोरसहित किशन कालीराज सुनार दोस्रो भए । आरएनजीसी क्याड्डी पुरूषमा कृष्ण सिंहले उपाधि जिते । उनले ७२ स्कोर गरे । यो स्पर्धामा ७३ स्कोरसहित अनिल तामाङ दोस्रो भए । आरएनजीसी क्याड्डी महिलामा पार्वती सुवेदी पहिलो भइन् । उनले ३० अंक बनाइन् । राष्ट्रिय टिमकी सदस्य सुष्मा सिग्देल दोस्रो भइन् । उनले काउन्ट ब्याक २१ अंक जोडिन् ।
प्रतियोगिताको जुनियरतर्फ यू–१७ ब्वाइजमा सुशान्त कँडेल २१ अंकसहित पहिलो र २० अंक बनाएका सोहम अग्रवाल दोस्रो भए । यू–१५ ब्वाइजमा विशन राई पहिलो भए । १४ अंक बनाएका उनले काउन्ट ब्याकमा उपाधि जितेका हुन् । देवांश कुमार दोस्रो भए ।
प्रतियोगिताको जुनियर यू–१० ब्वाइजमा जेम्स खेन्जीले उपाधि जिते । उनले १८ अंक जोडे । १७ अंक बनाएका देव जलान दोस्रो भए । यस्तै यू–१७ गर्ल्समा १७ अंकसहित अवानी राई पहिलो हुँदा १२ अंकसहित अनभ्ध्या मल्ल दोस्रो भइन् ।
प्रतियोगितामा बावुकुमार पौडेलले लङ्गेस्ट ड्राइभ, निर्मलध्जव खाँडले क्लोजेस्ट टु दी पिन र संयोग शाहीले मोस्ट बर्डीजको उपाधि जिते ।
क्लब स्थापनाको १०७ वर्ष पुगेको अवसरमा आयोजित प्रतियोगिताको पुरस्कार वितरण समारोहमा नेपालका पहिलो प्रो घनश्याम थापालाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरियो ।
प्रतियोगिताको विजेता खेलाडीलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, आरएनजीसी अध्यक्ष मधुकर याक्थुम्बा, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, क्याप्टेन मिथुन राई, महिला क्याप्टेन आर्शिया बानु तथा नेपालका पहिलो प्रो घनश्याम थापाले पुरस्कार वितरण गरे ।
