२०८३ श्रावण ११ गते सोमवार

images
  • समाज
  • सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै...

सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै १ लाख ५३ हजार तीन सयमा कारोबार

सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै १ लाख ५३ हजार तीन सयमा कारोबार

सहर्ष न्युज
शुक्रवार, भाद्र २१ २०८१
सहर्ष न्युज
शुक्रवार, भाद्र २१ २०८१
  • काठमाडौं । एक सातापछि नै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला १३०० रुपैयाँले बढेसँगै नयाँ मूल्य रेकर्ड बनेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि भदौ १३ गते सुनको भाउले नयाँ रेकर्ड बनाएको थियो । सो दिन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको भाउ शुक्रबार तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १७६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १७९५ रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend