काठमाडौँ। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आगामी आईसीसी टी२० विश्वकप २०२६ को लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ। यो टोलीले न्यूजीलैंडविरुद्धको टी२० शृंखलामा पनि खेल्ने छ। सूर्यकुमार यादव (इस्काइ)ले कप्तानको रूपमा निरन्तरता पाएका छन् भने अक्षर पटेल उपकप्तान बनेका छन् ।
शुभमन गिल भने टोलीमा समावेश हुन सकेनन्। घरेलु टी२० प्रतियोगिता सैयद मुश्ताक अली ट्रफीमा विस्फोटक ब्याटिङ गरेका ईशानले शुभमन गिलको स्थान लिएका छन्। शुभमन गिल, जो हालसम्म उपकप्तान थिए, टोलीबाट बाहिरिएका छन्। यो निर्णयले क्रिकेट जगतमा ठूलो हलचल मच्चाएको छ।
पूर्ण टोली:
सूर्यकुमार यादव (कप्तान)
अक्षर पटेल (उपकप्तान)
अभिषेक शर्मा
तिलक वर्मा
संजू सैमसन (विकेटकीपर)
शिवम दुबे
ईशान किशन (विकेटकीपर)
हार्दिक पाण्ड्या
अर्शदीप सिंह
जसप्रित बुमराह
हर्षित राणा
वरुण चक्रवर्ती
कुलदीप यादव
वाशिङ्टन सुन्दर
रिंकू सिंह
ठूला स्टारहरू :
सूर्यकुमार यादव (कप्तान): मिस्टर ३६० डिग्री ! विश्वका सर्वश्रेष्ठ टी२० ब्याट्सम्यानमध्ये एक सूर्यकुमार यादव उनको आक्रमक विस्फोटक ब्याटिङ र कप्तानीका लागि प्रख्यात छन्। उनी मिडल अर्डेरमा रहनाले भारतीय ब्याटिङ झन् बलियो देखिएको छ।
जसप्रित बुमराह: विश्वका नम्बर १ तीव्र गतिका बलर ! योर्करका राजा बुमराहले विश्वकपमा विरोधी टोलीलाई तहसनहस बनाउने छन्। उनको नेतृत्वमा भारतीय बलिङ आक्रमण डर लाग्दो हुनेछ।
हार्दिक पाण्ड्या: अलराउन्डरका सुपरस्टार हार्दिक पाण्ड्या भारतका लागि महत्वपूर्ण खेलाडी हुन्। ठूला सिक्सर हान्ने ब्याटिङ र उपयोगी बलिङले हार्दिक विश्वकपका 'गेम चेन्जर' बन्नेछन्। उनी फर्ममा भए भारतलाई कसैले रोक्न सक्दैन।
रिंकू सिंह: डेथ ओभरमा ठूला सिक्सर प्रहार गर्ने रिंकूको वापसीले मिडल अर्डरलाई अझ मजबुत बनाएको छ। उनी खेलको अन्त्यमा जादु देखाउन माहिर छन् ।
ईशान किशन: धमाकेदार कमब्याक ! घरेलु क्रिकेटमा रनको वर्षा गरेका ईशानले ओपनिङमा आउने भनिएका छन्। विकेटकिपिङ र आक्रमक ब्याटिङले उनी विश्वकपका हिरो बन्नसक्छन ।
भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने यो विश्वकप फेब्रुअरी २०२६ मा सुरु हुनेछ। डिफेन्डिङ च्याम्पियन भारत यो पटक घरेलु मैदानमा अझ शक्तिशाली देखिन्छ।
