२०८३ श्रावण ११ गते सोमवार

images

आईपीएल २०२६ मिनी अक्सन : केकेआरको दबदबा !

आईपीएल २०२६ मिनी अक्सन : केकेआरको दबदबा !

बुधवार, पौष २ २०८२
बुधवार, पौष २ २०८२
  • काठमाडौँ। हिजो बेलुका सम्पन्न आईपीएल २०२६ को मिनी अक्सन निकै रोमाञ्चक रह्यो । १० टिमले कुल ७७ खेलाडी खरिद गर्दा नयाँ रेकर्डहरू र कीर्तिमानहरू कायम भए । यो अक्सनमा विदेशी खेलाडीहरूको साथै भारतीय युवा प्रतिभाहरूले पनि ठूलो मूल्य पाए, जसले सबैलाई चकित बनायो ।

    अस्ट्रेलियाली अलराउन्डर क्यामरन ग्रिनलाई कोलकाता नाइट राइडर्स (केकेआर) ले इतिहासकै सबैभन्दा महँगो विदेशी खेलाडी बनाउँदै २५.२० करोड रुपैयाँमा किनेको छ । राजस्थान रोयल्स र चेन्नई सुपर किंग्ससँग कडा प्रतिस्पर्धापछि केकेआरले यो बाजी मार्‍यो । ग्रिनको यो मूल्यले मिचेल स्टार्कको पुरानो रेकर्ड तोडेको छ । यसैगरी, श्रीलंकाली फास्ट बलर माथिशा पथिरानालाई पनि केकेआरले १८ करोडमा आफ्नो टिममा समावेश गरेको छ । केकेआरले यो लिलामीमा सबैभन्दा आक्रामक रूपमा खरिदारी गर्दै आफ्नो टिमलाई बलियो बनाउने संकेत दिएको थियो । न्युजिल्यान्डका रचिन रभिन्द्र र बंगलादेशका मिस्ताफिजुर रेहमान पनि केकेआरको झोलीमा परेका छन् । केकेआर अब आगामी सिजनमा थप मजबुत देखिने अनुमान गरिएको छ। 

    चेन्नई सुपर किंग्स (सीएसके) ले भने अनक्याप्ड खेलाडीहरूमा ठूलो लगानी गर्दै इतिहास रच्यो । उत्तर प्रदेशका २० वर्षीय लेग-स्पिन अलराउन्डर प्रशान्त वीर र राजस्थानका १९ वर्षीय विकेटकिपर-ब्याटर कार्तिक शर्मा दुवैलाई सीएसकेले भारतीय १४.२० करोड रुपैयाँ (लगभग २२ करोड नेपाली रुपैयाँ) मा किनेको छ । यो मूल्य आईपीएल इतिहासकै सबैभन्दा महँगो अनक्याप्ड खेलाडीको कीर्तिमान हो । दुवै खेलाडीको घरेलु प्रदर्शन उत्कृष्ट रहेकाले सीएसकेले उनीहरूलाई भविष्यको स्टार मान्दै ठूलो दाम तिरेको हो । प्रशान्त वीरलाई रविन्द्र जडेजाको उत्तराधिकारीको रूपमा हेरिएको छ भने कार्तिक शर्माले मध्यक्रममा विस्फोटक ब्याटिङ गर्न सक्छन् जसले उनलाई अर्को धोनीको रूपमा हेरिएको छ । सीएसकेको यो कदमले युवा प्रतिभामा लगानीको नयाँ ट्रेन्ड देखाएको छ ।

    केकेआर र सीएसकेले सबैभन्दा ठूलो हेडलाइन बनाए पनि अन्य टिमहरूले पनि प्रभावशाली खरिदारी गरेका छन् । सनराइजर्स हैदराबाद (एसआरएच) ले इंग्ल्यान्डका विस्फोटक अलराउन्डर लियाम लिविङस्टोनलाई १३ करोडमा किनेर मध्यक्रमलाई थप शक्तिशालि बनएको छ । डेल्हि क्यापिटल्स (डीसी)ले जम्मू-कश्मीरका युवा पेसर औकिब नबी दारलाई ८.४० करोडमा आफ्नो झोलीमा हालेका छ। राजस्थान रोयल्स (आरआर) ले लेग स्पिनर रवि बिश्नोईलाई ७.२० करोड मा किनेर स्पिन विभाग बलियो बनाएका छन् भने रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले अलराउन्डर वेंकटेश अयरलाई ७ करोडमा जोडेका छन् । लखनऊ सुपर जायन्ट्स (एलएसजी)ले वानिन्दु हसरंगा र अनरिच नोर्ट्जे जस्ता अन्तर्राष्ट्रिय स्टारहरू लक्षित गर्दै टिमलाई सन्तुलित बनाउने रणनीति अपनाएका छ। यी खरिदारीहरूले आईपीएल २०२६ लाई थप प्रतिस्पर्धात्मक बनाउने निश्चित छ – हरेक टिमले आफ्नो कमजोरी पूरा गर्दै मजबुत बन्दै गएका छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend