म्यानचेस्टर युनाइटेडले मिडफिल्डर म्यानुअल उगार्टेलाई अनुबन्ध गर्न पीएसजीसँग सम्झौता गरेको छ । उरुग्वेका लागि २२ क्याप खेलेका उगार्टेका लागि युनाइटेडले ४२.२ मिलियन पाउन्डको प्रारम्भिक तिर्नेछ जुन सम्झौता अनुसार ५०.७ मिलियन पाउन्डसम्म हुनसक्छ ।
उगार्टे, यो ट्रान्सफर विन्डोमा क्लबको प्राथमिक मिडफिल्ड लक्ष्य थिए । ब्रिटिश मिडियाका अनुसार उगार्टेद्वारा मंगलबार युकेमा मेडिकल र व्यक्तिगत सर्तहरूमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ। युनाइटेड आफूले गरेको सम्झौतामा खुसी रहेको बुझिएको छ ।
मिडफिल्डरले २०२३/२४ सिजनमा पी एस जीका लागि २१ खेल खेलेका थिए ।
स्काई स्पोर्ट्सले रिपोर्ट गरे अनुसार उगार्टेले यो सिजन ओल्ड ट्राफोर्डमा सर्नको लागि आफ्नो हृदय बनाइ सकेका कारण व्यक्तिगत सर्तहरू वार्तामा कहिल्यै समस्या भएन ।
साभार : स्काई स्पोर्ट्स
