२०८३ भाद्र २७ गते शनिवार

images

टोटनहमलाई " फोर स्टार "

टोटनहमलाई " फोर स्टार "

शनिवार, भाद्र ८ २०८१
शनिवार, भाद्र ८ २०८१
  • भदौ ०८, काठमाडौँ । शनिवार भएको इङ्गलिस प्रिमियर लिग अन्तर्गतको खेलमा टोटनहमले एभरटनलाई ४-० ले पराजित गरेको छ।आफ्नो घरेलु समर्थनको अगाडी उत्रेको टोटनहमलाई पहिलो अग्रता १४औं मिनेटमा इव बुस्सुवाले दिलाए। पेनाल्टी बक्सको कुनाबाट प्रहार गरेको उनको सटलाई एभरटनका गोलकिपर पिकफोर्डले रोक्न सकेनन। २५औं मिनेटमा सनले गोल गर्दै टोटनहमको अग्रतालाई  २-० बनाए ।  पहिलो हाफ पुरै टोटनहमको नियन्त्रणमा रह्यो।  
    दोस्रो हाफमा पनि टोटनहमको दबदबा कायम नै रहयो। खेलको ७१औं मिनेटमा म्याडिसनको कर्नरबाट हेडिङ्ग गर्दै रोमेरोले गोल गरे र स्कोर ३-० बनाए। खेलको ७७औं मिनेटमा कोरियन स्टार सनले आफ्नो दोस्रो गोल गरे। यो संगै टोटनहमले एभरटन माथि ४-० को जीत हासिल गर्दै तीन अंक हासिल गर्यो । आफ्नो पहिलो खेल लेस्टर सिटीसंग गुमाएको टोटनहमले यो खेल संगै इ पी एलमा शानदार बिजयी सुरुवात गरेको छ।  टोटनहमले अहिले तीन अंकका साथ तेस्रो स्थानमा छ। इप्सविच टाउन माथि सिजनको दोस्रो जितपछि सिटी ६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । शनिवार भएको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडलाई २-१ ले पराजित गर्दै ब्राइटनले पनि समान ६ अंक जोडेको छ । गोलअन्तरमा सिटी लिग तालिकाको शीर्ष स्थानमा छ। आफ्नो दुवै खेलमा पराजय भोग्नु परेको एभरटन भने लिग टेबलको पुछारमा रहेको छ।  

    अन्य खेलमा वेस्ट ह्याम युनाइटेडले क्रिस्टल प्यालेसलाई २-० ले, फुल्हमले लेस्टर सिटीलाई २-१ ले तथा नटिङ्गम फोरेस्टले साउथह्याम्पटनलाई १-० ले पराजित गरेको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend