२०८३ भाद्र २७ गते शनिवार

images

हालान्डको दुई गोलमा सिटीको सहज जित

हालान्डको दुई गोलमा सिटीको सहज जित

आइतवार, कार्तिक ३ २०८२
आइतवार, कार्तिक ३ २०८२
  • काठमाडौं । एर्लिङ हालान्डले दुई गोल गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले एभर्टनमाथि सहज जित निकालेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले एभर्टनलाई २-० गोलअन्तरले हराएको हो । हालान्डले ५८औं र ६३औं मिनेटमा गोल गरे ।
    जितपछि सिटी ८ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । एभर्टन ११ अंकसहित १०औं स्थानमा छ । गएराति नै भएको अर्को खेलमा आर्सनलले फुलहामलाई १-० ले पराजित गरेको छ भने चेल्सीले नटिङहाम फरेस्टलाई ३-० ले हरायो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend