२०८३ श्रावण ११ गते सोमवार

images
  • खेलकुद
  • नयाँ सिजन - पुरानै युनाइटेड /...

नयाँ सिजन - पुरानै युनाइटेड / ब्राइटनको शानदार जित

नयाँ सिजन - पुरानै युनाइटेड / ब्राइटनको शानदार जित

शनिवार, भाद्र ८ २०८१
शनिवार, भाद्र ८ २०८१
  •  

    काठमाडौँ : ब्राइटनले म्यानचेस्टर युनाइटेडलाइ स्तब्द पार्दै इंगलिस प्रिमियर लिग नयाँ सिजन २०२४-२५ मा आफ्नो दोस्रो जीत दर्ता गरेको छ।ब्राइटनको घरेलु मैदान फाल्मर स्टेडियममा शनिबार साँझ भएको खेलमा ब्राइटनले बीस पटकका लिग बिजेता म्यानचेस्टर युनाइटेडलाइ २-१ ले पराजित गरेको हो। खेलमा पहिलो अग्रता ब्राइटनले बनाएको थियो। ब्राइटनका लागि ड्यानी वेलब्याक खेलको ३२औं मिनेटमा गोल गरेका थिए। उनी म्यानचेस्टर युनाइटेडका पुर्व खेलाडी पनि हुन्। ३३औं मिनेटमा मार्कोस राशफोर्डको गोल अफसाइडका कारणले रद्द भएको थियो।  
    दोस्रो हाफको ५१औं मिनेटमा ब्राइटनका मिडफ़िल्डर जेम्स मिल्नरको प्रयासलाई म्यानचेस्टर युनाइटेडका राइट व्याक डिएगो ड्यालटले गोल लाइनबाट बचाएका थिए। त्यसको केहि मिनेट पछि खेल को ६०औं मिनेटमा मजारियोको असिस्टमा गोल गर्दै अमाद डियालोले म्यानचेस्टर युनाइटेडलाई बराबरीमा ल्याए। खेलको ७०औं मिनेटमा फेरी म्यानचेस्टर युनाइटेड गार्नाचोको गोललाई अफसाइडका कारणले रद्द गरियो।  उनको सटले उनका खेलाडी साथी ज़र्क्ज़ीको घुडामा हल्का छोएर गोल लाइन पार गरेको थियो।  
    ९० मिनेटको खेल सकिन लाग्दा खेलमा ७ मिनेट अतिरिक्त समय थपियो। खेलको थप समयमा बैकल्पिक खेलाडीको रुपमा आएका साइमन एडिङ्ग्राको क्रसमा जाओं पेड्रोले गोल गर्दै ब्राइटनको जीत सुनिश्चित गरे। उनले ९० मिनेट पश्चात थप समयको ५औं मिनेटमा गोल गरेका थिए। उनी गत सिजन ब्राइटन आएका हुन्।              

    यो जीत दर्ता गर्दै ब्राइटनल दुई खेलमा ६ अंक सहित लिगको पहिलो स्थानमा रहेको छ। लिगको पहिलो खेलमा ब्राइटनले एभरटनलाई ३-० ले पराजित गरेको थियो। ब्राइटनको अबको लिग खेल आर्सनलसंग रहेको छ। म्यानचेस्टर युनाइटेडले भने लिगको दोस्रो खेल मै आफ्नो पहिलो हार चाखेको छ। म्यानचेस्टर युनाइटेड तीन अंक सहित लिगको आठौ स्थानमा रहेको छ। म्यानचेस्टर युनाइटेडको अबको लिग खेल भने चिर प्रतिद्वन्द्वी लिभरपुलसंग ओल्ड ट्राफोर्डमा हुन्छ ।       

    दोस्रो खेल हप्ताको आजका अन्य खेलहरु राती ०७:४५ बजे  टोट्टेनह्याम र एभर्टोन , क्रिस्टल प्यालेस र वेस्ट ह्याम युनाइटेड, साउथह्याम्पटन र नटिङ्गम फोरेस्ट, फुल्हम र लेस्टर सिटी बीच रहेको छ। साथै सोहि समयमा साविक बिजेता म्यानचेस्टर सिटीको खेल भने नवप्रवेशी टोली इप्सविच टाउनसंग आफ्नो घरेलु मैदानमा रहेको छ। आजको अन्तिम खेल राती १०:१५ बजे एस्टन भिल्ला र अर्सेनल बीच रहेको छ। 
    भोलिको इपीएल खेलमा बोर्नमाउथ र न्युकाशल - वल्भस र चेल्सी र लिभरपूल र ब्रेंटफोर्ड बीच प्रतिस्पर्दा हुनेछ।        

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend