२०८३ श्रावण ११ गते सोमवार

images
  • विकास
  • काठमाडौं महानगरमा दशैंअघि नै ६२ हाई...

काठमाडौं महानगरमा दशैंअघि नै ६२ हाई मास्ट लाइट प्रज्वलन हुने

काठमाडौं महानगरमा दशैंअघि नै ६२ हाई मास्ट लाइट प्रज्वलन हुने

सहर्ष न्युज
बुधवार, आश्विन ८ २०८२
सहर्ष न्युज
बुधवार, आश्विन ८ २०८२
  • काठमाडौं । काठमाडौँ महानगरपालिकाले "उज्यालो महानगर" योजना अन्तर्गत लामो समयदेखि रोकिएको सार्वजनिक बत्ती जडानको कामलाई पुनः तीव्र बनाउँदै अगाडि बढाएको छ। करिब १० करोड रुपैयाँको लागतमा ६२ वटा हाई मास्ट लाइट जडानको काम हाल तीव्र गतिमा भइरहेको छ।

    महानगर स्रोतका अनुसार, हालसम्म १२ वटा हाई मास्ट लाइट प्रज्वलनमा आइसकेका छन् भने बाँकी लाइटहरू दशैं अघि नै प्रज्वलन गर्ने तयारी भइरहेको छ।

    पुराना सोलार बत्तीहरूको विकल्पमा इलेक्ट्रिकल बत्ती

    महानगरको अघिल्लो कार्यकालमा जडान गरिए तापनि नबलेका २,००० भन्दा बढी सोलार स्ट्रीट लाइटहरूलाई अब इलेक्ट्रिकल बत्तीमा प्रतिस्थापन गरिँदैछ। अहिले ती बत्तीहरू नियमित रूपमा बलिरहेका छन्, जसले काठमाडौँका धेरै क्षेत्रहरू उज्यालो बनाएका छन्।

    ८५ करोडको नयाँ स्ट्रीट लाइट योजना अन्तिम चरणमा

    महानगरले करिब ८५ करोड रुपैयाँको लागतमा स्ट्रीट लाइट खरिद तथा जडानको योजनालाई अन्तिम रूप दिने तयारी गरिरहेको छ। यस योजनाको कार्यान्वयनपछि यसै वर्षभित्र काठमाडौँ महानगर क्षेत्र पूर्ण रूपमा उज्यालो बनाउने लक्ष्य राखिएको महानगरले जानकारी दिएको छ।

    उपत्यकाका बासिन्दालाई राहत

    यो योजनाबाट काठमाडौँका बासिन्दालाई रातिको समयमा आवागमन सहज हुनुका साथै सार्वजनिक सुरक्षा पनि बढ्ने अपेक्षा गरिएको छ। उज्यालो महानगर योजनालाई काठमाडौँ महानगरपालिकाको पहिलो प्राथमिकता बनाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend