२०८३ श्रावण ११ गते सोमवार

images
  • विकास
  • पश्चिम सेती अगाडी बढाइदैं, डीपीआर बनाउन...

पश्चिम सेती अगाडी बढाइदैं, डीपीआर बनाउन बोलपत्र आह्वान

पश्चिम सेती अगाडी बढाइदैं, डीपीआर बनाउन बोलपत्र आह्वान

सहर्ष न्युज
बुधवार, भाद्र ५ २०८१
सहर्ष न्युज
बुधवार, भाद्र ५ २०८१
  • काठमाडौं । पश्चिम सेती जलविद्युत आयोजना अगाडी बढाउने प्रक्रिया थालिएको छ । भारतीय कम्पनी एनएचपीसीले परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न बोलपत्र आह्वान गरेको छ ।

    एनएचपीसीको काठमाडौंस्थित शाखा कार्यालयले आज सार्वजनिक सूचना जारी गरी नेपाली कम्पनीहरुबाट सिलबन्दी बोलपत्र आह्वान गरेको हो । बोलपत्र पेस गर्ने म्याद आगामी सेप्टेम्बर ११ तारिख अर्थात् भदौ २६ गतेसम्म छ ।

    जलाशययुक्त ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना डोटी जिल्लामा बन्ने छ । चिनियाँ कम्पनी थ्री गर्जेजसँगको सम्झौता तोडिएपछि अलपत्र पारेको पश्चिम सेती आयोजना तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले एनएचपीसी इण्डियालाई दिएको थियो ।

    लगानी बोर्डले २०७९ सालको भदौ महिनामा ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी ९एसआर० ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र एनएचपीसीलाई दिएको थियो ।

    सोही वर्षको माघ महिनामा एनएचपीसी इन्डिया लिमिटेडले पश्चिम सेती जलविद्युत आयोजनाको प्रारम्भिक ९इन्सेप्सन० प्रतिवेदन लगानी बोर्डलाई बुझाएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend