२०८३ भाद्र २७ गते शनिवार

images

टोटनह्याम हटस्पर घरेलु मैदानमा बर्नमाउथसँग पराजित

टोटनह्याम हटस्पर घरेलु मैदानमा बर्नमाउथसँग पराजित

आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • काठमाडौँ  – इङ्लिस प्रिमियर लिगमा टोटनह्याम हटस्परले आफ्नै घरेलु मैदानमा हार बेहोरेको छ। टोटनह्यामलाई एएफसी बर्नमाउथले १-० ले पराजित गरेको हो।

    खेलको पाँचौँ मिनेटमा ब्राजिलियन फरवार्ड इभानिल्सनले गरेको गोल बर्नमाउथको जितमा निर्णायक बन्यो। बर्नमाउले पूरै खेलमा टोटनह्यामलाई दबाबमा राख्यो र एक दर्जनभन्दा बढी गोलका अवसरहरू सिर्जना गर्‍यो।

    यसअघि, टोटनह्यामले म्यानचेस्टर सिटीको घरेलु मैदान, एतिहाद स्टेडियममा २-० को प्रभावशाली जित हासिल गरेको थियो। तर, यो पटक उनीहरू आफ्नै मैदान टोटनह्याम हटस्पर स्टेडियममा पराजित भए।

    यो नतिजापछि टोटनह्याम ३ खेलबाट ६ अङ्कसहित तालिकाको तेस्रो स्थानमा सीमित भएको छ, र शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ। बर्नमाउथले भने यो जितसँगै आफ्नो स्थितिलाई बलियो बनाएको छ। बर्नमाउथ लिगको सातौ स्थानमा रहेको छ। 

    गएराति भएका अन्य खेलहरूमा, एभर्टनले वुल्भ्सलाई ३-२ ले हरायो भने सन्डरल्यान्डले ब्रेन्टफोर्डलाई २-१ ले पराजित गर्‍यो। यस्तै, लिड्स युनाइटेड र न्यूक्यासल युनाइटेडबीचको खेल गोलरहित बराबरीमा समाप्त भयो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend