काठमाडौं । एर्लिङ हालान्डको दुई गोल तथा तिजानी रेइन्डर्स र राएन चेर्कीले डेब्यु गोलमा गरेपछि म्यानचेष्टर सिटीले वुल्भ्सलाई ४–० ले पराजित गरेको छ ।
रेइन्डर्स र चेर्कीले प्रिमियर लिग डेब्युमै गोल गरेका हुन् । हालान्डले ३४औं मिनेटमा रिको लुइसको क्रसमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेटपछि नै रेइन्डर्सको अक्कर बोबको उत्कृष्ट पासमा वान टच फिनिस गरे ।
हालान्डले ६१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । हालान्डकै स्थानमा मैदान प्रवेश गरेका चेर्कीले ८१औं मिनेटमा गोल गरे । जितपछि सिटीले ३ अंक जोडेर प्रिमियर लिगको सुरुवात गरेको छ ।
लिगकै अन्य खेलमा टोटनहमले बर्नलेलाई तथा सण्डरल्याण्डले वेष्टहम युनाइटेडलाई समान ३-० ले हराउँदै विजयी सुरुवात गरेको छ । ब्राइटन र फुलहमले १-१ गोलको बराबरी खेल्दा एस्टन भिल्ला र न्यूकासलले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
