२०८३ भाद्र २७ गते शनिवार

images

स्पेनिस लालिगामा बार्सिलोनाको सहज जित

स्पेनिस लालिगामा बार्सिलोनाको सहज जित

आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • काठमाडौं । बार्सिलोनाले स्पेनिस लालिगाको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले ९ खेलाडीमा सीमित मालोर्कालाई उसैको मैदानमा ३-० ले पराजित गरेको हो ।

    बार्सिलोनाका लागि राफिन्हा, फेरान टोरेस र लामिन यामालले गोल गरे । मालोर्का पहिलो हाफमै ९ खेलाडीमा सीमित भएको थियो । ३३औं मिनेटमा मानु मोरलेनेसले दोहोरो पहेँलो कार्ड पाएर मैदान बाहिरिए भने ३९औं मिनेटमा भेडाट मुरिक्वी रातो कार्ड खाँदै बाहिरिएका थिए ।

    खेलको सातौं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । २३औं मिनेटमा फेरान टोरेसले दोस्रो गोल गरे ।

    इन्जुरी समयको चौथो मिनेटमा लामिन यामालले तेस्रो गोल गर्दै जित सुनिश्चित गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend