२०८३ श्रावण १० गते आइतवार

images
  • खेलकुद
  • प्रिमियर लिगको नयाँ सिजनमा लिभरपुलको विजयी...

प्रिमियर लिगको नयाँ सिजनमा लिभरपुलको विजयी सुरुवात

प्रिमियर लिगको नयाँ सिजनमा लिभरपुलको विजयी सुरुवात

आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • काठमाडौं । साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।

    शुक्रबार राती घरेलु मैदानमा भएको खेलमा लिभरपुलले एएफसी बर्नमाउथलाई ४-२ गोलअन्तरले हराएको हो । लिभरपुलको जितमा हुगो एकिटिक, कोडी गाक्पो, फेडेरिको चिजा र मोहमद सालाहले १-१ गोल गरे ।

    बर्नमाउथका लागि दुवै गोल एन्टोइन सेमेन्योले गरे । दुई गोलले पछि परेको अवस्थामा पनि पुनरागमन गर्दै खेल बराबरी गरेको बर्नमाउथले अन्तिममा सम्हालिन नसक्दा अंक जोड्न सकेन ।

    एन्फिल्डमा भएको खेलको ३७औं मिनेटमा एकिटिकले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । गाक्पोले ४९औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।

    सेमेन्योले ६४औं र ७६औं मिनेटमा गोल गर्दै बर्नमाउथलाई खेलमा फर्काए । २-२ को बराबरी चलिरहँदा चिजाले ८८औं मिनेटमा गोल गरे भने इन्जुरी समयमा सालाहले गोल गर्दै लिभरपुलको ४-२ को जित पक्का गरे ।

    जितसँगै लिभरपुलले ३ अंक जोडेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend