२०८३ श्रावण १० गते आइतवार

images
  • बैंक वित्त
  • चेक बाउन्स सम्बन्धमा यस्तो आउँदैछ कानुनी...

चेक बाउन्स सम्बन्धमा यस्तो आउँदैछ कानुनी व्यवस्था

चेक बाउन्स सम्बन्धमा यस्तो आउँदैछ कानुनी व्यवस्था

सहर्ष न्युज
आइतवार, भाद्र २ २०८१
सहर्ष न्युज
आइतवार, भाद्र २ २०८१
  • काठमाडौं । बाउन्स चेकलाई कानुनी रुपमा नयाँ व्यवस्था गर्न नेकपा एमालेका सांसद पदम गिरीले प्रस्ताव पेश गरेका छन् । उनले चेक बाउन्स भएपछि भुक्तानी गर्दा दश प्रतिशत ब्याज दिनुपर्ने लगायतका नयाँ प्रस्ताव गरेका हुन् ।

    ‘बैङ्किङ्ग कसूर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक’मा सांसद गिरीले यस्तो व्यवस्था थप गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

    प्रस्तावित विधेयकको दफा ४ मा रकम मौज्दात नभइ चेक जारी गर्न नहुने व्यवस्था छ । कसैले त्यस्तो चेक जारी जाहेरी हुँदै सम्बन्धित जिल्ला अदालतमा मुद्दा लाग्छ ।

    यस्तो अवस्थामा भुक्तानी गर्दा दश प्रतिशत ब्याज दिनुपर्ने प्रस्ताव सांसद गिरीको छ ।

    ‘रकम भुक्तानी सँगसँगै चेकको मिति र भुक्तानीको दिनसम्मको वार्षिक १० प्रतिशतका दरले ब्याज समेत पनि दिनुपर्नेछ’ प्रस्तावित विधेयकमा थप गर्नुपर्ने सांसद गिरीको प्रस्ताव रहेको छ ।

    कसैले रकम मौज्दात नभइ चेक जारी गरे त्यसविरुद्ध सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्न सकिने व्यवस्था छ ।

    प्रस्तावित विधेयकको दफा ८ अनुसार चेक अनादर गरेको प्रमाणित भएको मितिले तीन महिनाभित्र जाहेरी दिन सकिनेछ र त्यसरी जाहेरी परेको मितिले ३ महिनाभित्र सम्बन्धित जिल्ला अदालत समक्ष मुद्दा दायर गरिसक्नुपर्ने हुन्छ ।

    एमाले सांसद गिरीले चेक अनादरको जाहेरी दिने समयाअवधि पनि ३ महिना नभएर एक वर्ष राख्नुपर्ने प्रस्ताव गरेका छन् ।

    ‘चेक अनादर गरेको प्रमाणित भएको मितिले एक वर्षभित्र जाहेरी दिन सकिनेछ भनेकोमा एक वर्ष भन्ने कायम गर्ने र जाहेरी परेको मितिले तीन महिनाभित्र सम्बन्धित जिल्ला अदालत समक्ष मुद्दा दायर गरिसक्नु पर्नेछ भनेकोमा एक वर्ष भित्र मुद्दा दायर गरिसक्नुपर्नेछ भन्ने कायम गर्ने’, सांसद गिरीको प्रस्ताव छ ।

    यसरी मुद्दा परेर फैसला भएपछि हुने भुक्तानीमा दश प्रतिशत ब्याज थप गरेर दिनुपर्ने प्रस्ताव सांसद गिरीले राखेका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend