२०८३ भाद्र २८ गते आइतवार

images

लायोनेसेसलाई महिला युरोकप फुटबलको उपाधि

लायोनेसेसलाई महिला युरोकप फुटबलको उपाधि

सोमवार, श्रावण १३ २०८२
सोमवार, श्रावण १३ २०८२
  • काठमाडौँ। इङ्गल्याण्डले स्पेनमाथि पेनाल्टी-शुटआउटमा शानदार जित हासिल गर्दै युरो २०२५ मा आफ्नो युरोपेली उपाधि कायम राख्दै इतिहासमा आफ्नो स्थान बलियो बनाएको छ। पहिलो पटक इङ्गल्याण्डको टोलीले विदेशी भूमिमा प्रमुख ट्रफी जितेको हो। गएराति भएको फाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै इंग्ल्याण्ड युरोपियन च्याम्पियन बनेको हो।
    निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा स्पेनको २ प्रहार इंग्ल्याण्ड गोलरक्षक हाना हाम्पटनले बचाइन् ।

    kelly.jpg
    विजयी पेनाल्टी गोल गरेपछि खुशी मनाउँदै इङ्ग्ल्याण्डकी क्लो केली।


    क्लो केलीले निर्णायक स्पट किक गोल गरेपछि इङ्गल्याण्डले पेनाल्टी सुटआउटमा स्पेनलाई ३-१ ले हराउँदै युरो २०२५ जितेको हो । केलीले बललाई नेटमा प्रहार गर्नु अघि आफ्नो ट्रेडमार्क प्र्याङ्सिङ रन-अप बनाएकी थिइन् र बलले जाली चुमे पछि इङ्गल्याण्डका फ्यानहरूको अगाडि बाँकी खेलाडीहरूसँग उत्सव मनाउन उत्साहित हुँदै सामिल भएकी थिइन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend