२०८३ श्रावण ११ गते सोमवार

images
  • सिंचाई
  • मनसुन उत्कर्षमा पुग्दा पनि मधेश प्रदेश...

मनसुन उत्कर्षमा पुग्दा पनि मधेश प्रदेश र पूर्वी तराईमा सुक्खा

मनसुन उत्कर्षमा पुग्दा पनि मधेश प्रदेश र पूर्वी तराईमा सुक्खा

सहर्ष न्युज
शुक्रवार, श्रावण ३ २०८२
सहर्ष न्युज
शुक्रवार, श्रावण ३ २०८२
  • काठमाडौं । "चापाकल सुकिसकेका छन्। खेत बाँझै हुने अवस्था आइसकेको छ," पर्साको सेढवाका किसान प्रमोदप्रसाद यादवले यो बर्खामा चाहिँदो पानी नपरेकाले सङ्कट आइलागेको व्यथा सुनाए।

    खेती मात्रै होइन कि खानेपानीको समेत हाहाकार भइसकेको बताउँछिन् वीरगन्जकी गृहिणी पुनम शाह। "पानी नभएर खाना पकाउन, भाँडा मस्काउन, लुगा धुन, नुहाउन सबै समस्या भइसकेको छ," उनले भनिन्।

    वीरगन्जमा खानेपानी सङ्कटबाट पार पाउन यो साता जनकपुरबाट वारुणयन्त्रहरू समेत पठाइए।

    खास गरी मधेश प्रदेशका आठ जिल्ला अनि कोशी प्रदेशको पूर्वी तराईका मोरङ, सुनसरी र झापामा यसपालि असारमा पर्याप्त पानी पर्न नसकेको मौसमसम्बन्धी आँकडाहरूले देखाएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend