२०८३ भाद्र २७ गते शनिवार

images

सावित्रा भण्डारीले अस्ट्रेलियाको ए-लिग खेल्ने

सावित्रा भण्डारीले अस्ट्रेलियाको ए-लिग खेल्ने

बिहिवार, श्रावण २ २०८२
बिहिवार, श्रावण २ २०८२
  • काठमाडौँ।  नेपाल महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले अस्ट्रेलियाको ए-लिग खेल्ने भएकी छन्। सावित्राले न्युजिल्याण्डको वेलिङटन फोनिक्स क्लबसँग आगामी दुई सिजनका लागि सम्झौता गरेकी हुन्। वेलिङटन फोनिक्स अस्ट्रेलियाको महिला ए-लिगमा प्रतिस्पर्धा गर्ने न्युजिल्याण्डको एकमात्र क्लब हो।

    फोनिक्सले सावित्रालाई क्लब र देश दुवैका लागि उत्कृष्ट प्रदर्शन गर्ने गोलकर्ता भन्दै टोलीमा उनको आगमनलाई महत्वपूर्ण कदमको रूपमा व्याख्या गरेको छ। सावित्राले हालै सम्पन्न एएफसी महिला एशियन कप छनोटमा लगातार दुई खेलमा ह्याट्रिक गर्दै कुल ९ गोल गरेकी थिइन्।

    भारतको महिला सुपर लिगमा उनले २४ खेलमा ६० भन्दा बढी गोल गरेपछि फ्रान्सको शीर्ष डिभिजन क्लब एन अभेन्ट गुइनगाम्पमा आबद्ध भएकी सावित्रा युरोपेली शीर्ष लिगमा खेल्ने र गोल गर्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन्। उनले आजै गुइनगाम्पसँगको २ वर्षे सहयात्रा टुंगिएको घोषणा गर्दै क्लबप्रति आभार व्यक्त गरेकी छन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend