२०८३ भाद्र २७ गते शनिवार

images
  • स्वास्थ्य
  • देशभर आकस्मिक बाहेकका सेवा रोके चिकित्सकहरुले,...

देशभर आकस्मिक बाहेकका सेवा रोके चिकित्सकहरुले, उपभोक्ता अदालतले सुनाएको फैसलामा असन्तुष्टि

देशभर आकस्मिक बाहेकका सेवा रोके चिकित्सकहरुले, उपभोक्ता अदालतले सुनाएको फैसलामा असन्तुष्टि

सहर्ष न्युज
सोमवार, आषाढ २३ २०८२
सहर्ष न्युज
सोमवार, आषाढ २३ २०८२
  • काठमाडौं । उपभोक्ता अदालते सुनाएको पछिल्ला मुद्दामा चिकित्सकहरुले असन्तुष्टि व्यक्त गरेका छन् । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सकले असन्तुष्टि जनाएका हुन् । त्यसको विरोधस्वरुप संघले आज देशभर आकस्मिक बाहेकका सेवा रोकेको छ ।

    देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेको संघले आज आकस्मिक बाहेकका सेवा रोकेको जनाएको छ ।

    संघले कानुन संशोधनमार्फत चिकित्सकीय मुद्दा हेर्ने अधिकार मेडिकल काउन्सिलमा मात्रै सीमित गरिनुपर्ने माग गर्दै आवश्यक परे थप कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनीसमेत दिएको छ ।

    केही साता यता उपभोक्ता अदालतले उपचारमा लापरवाही गरेको मुद्दामा बिरामीका आफन्तको पक्षमा फैसला गरेको थियो । उपभोक्ता अदालतले ओम अस्पतालले ५० लाख ७० हजार, हिमाल अस्पताल र उपचारमा सम्लग्न चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ र ग्राण्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend