२०८३ भाद्र २८ गते आइतवार

images
  • बैंक वित्त
  • नेपाल राष्ट्र बैंकले कर्जा पुनर्तालिकीकरण गर्दै,...

नेपाल राष्ट्र बैंकले कर्जा पुनर्तालिकीकरण गर्दै, व्यवसायीलाई राहत हुने

नेपाल राष्ट्र बैंकले कर्जा पुनर्तालिकीकरण गर्दै, व्यवसायीलाई राहत हुने

सहर्ष न्युज
मंगलवार, आषाढ १० २०८२
सहर्ष न्युज
मंगलवार, आषाढ १० २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यवसायीलाई राहत हुने गरी कर्जाको पुनर्तालिकीकरण गर्ने सुविधा दिएको छ । गभर्नर विश्वनाथ पौडेलले लचिलो नीति लिँदै चालुकर्जा मार्फत दुई करोडसम्मको कृषि, ऊर्जा, साना तथा मझौला उद्यममा प्रवाह भएको कर्जामा पुनर्तालिकीकरणको सुविधा दिएका हुन्।

    नेपाल राष्ट्र बैंकले सोमबार पत्राचार गर्दै चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ लागु भएको मिति २०७९ कात्तिक १ गते अघि प्रवाह भएका चालु पुँजीकर्जालाई यस मार्गदर्शनअनुसार पहिलो पटक पुनरावलोकन वा नवीकरण गर्दा मार्गदर्शनले तोकेको सीमाभन्दा बढी प्रवाह भएका कर्जामध्ये भुक्तानी हुन बाँकी कर्जा रकमलाई समान आवधिक किस्ता कायम गरी २०८४ असार मसान्तसम्ममा भुक्तान हुने गरी भुक्तानी तालिका निर्धारण गरी असुलउपर गर्नुपर्ने व्यवस्था गरिएको छ। 

    यो व्यवस्था अनुसार बैंक र व्यवसायीले सीमाभन्दा बढी चालुपुँजी कर्जा लिएको भए कर्जा तिर्न थप दुई वर्ष समय पाएका छन्। अहिलेको व्यवस्थाअनुसार व्यवसायीहरूले वार्षिक कारोबार रकमको २५ प्रतिशतसम्म चालुपुँजी कर्जा पाउँछन्। ऋण तिर्न नसकेका ऋणीले ब्याज पुँजीकरण गर्न पाउने भएका छन्। बैंक तथा वित्त कम्पनीहरूलाई निर्देशित क्षेत्रको कर्जा प्रवाहमा समय सीमा थप गरेको छ। 

    अहिलेको व्यवस्थाअनुसार २०८२ असार मसान्तसम्म वाणिज्य बैंकहरूले कृषिमा १२ प्रतिशत, २०८४ असार मसान्तमा १३ प्रतिशत, २०८४ असार मसान्तमा १५ प्रतिशत पुर्‍याउनुपर्ने थियो तर अब वाणिज्य बैंकहरूले कृषिमा ११ प्रतिशत, २०८४ असार मसान्तमा १२ प्रतिशत, २०८४ असार मसान्तमा १४ प्रतिशत र २०८५ असार मसान्तमा १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ। विकास बैंक र वित्त कम्पनीका लागि तोकिएको क्षेत्रको कर्जा सीमा र समयसमेत परिवर्तन गरी २०८५ असार मसान्त गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend