२०८३ श्रावण ११ गते सोमवार

images
  • खेलकुद
  • इ पि एल तालिका सार्वजनिक :...

इ पि एल तालिका सार्वजनिक : नेपाली फ्यानहरूका लागि उद्घाटन सप्ताहांतको तालिका

इ पि एल तालिका सार्वजनिक : नेपाली फ्यानहरूका लागि उद्घाटन सप्ताहांतको तालिका

बिहिवार, आषाढ ५ २०८२
बिहिवार, आषाढ ५ २०८२
  • काठमाडौँ।  इङ्लिस प्रिमियर लिग  २०२५-२६ को खेल तालिका सार्वजनिक भएको छ र फ्यानहरू उत्साहित छन्। आर्ने स्लटले नेतृत्व गरि रहेको लिभरपुलको आफ्नो २० औं लिग उपाधि रक्षा गर्ने लक्ष्य रहेको छ ।

    आर्सनलले पनि लगातार तीन वर्ष दोस्रो स्थानमा रहेपछि यसपाली लिग जित हासिल गर्ने लक्ष्य राख्नेछ । केभिन डि ब्रुइनको साथ नहुदा म्यानचेस्टर सिटी त्यति बलियो नहुन सक्छन । तर, अझै स्टार पावर बोकेको म्यानचेस्टर सिटी फेरि शिर्ष स्थानमा फर्कन हताश छन्।

    चेल्सी र म्यानचेस्टर सिटीले क्लब विश्वकप खेलिरहेका छन्। टोटनह्यामले नयाँ प्रबन्धक थोमस फ्र्याङ्कसँग नयाँ सुरुवात गर्नेछ।

    प्रिमियर लिग २०२५-२६ को लागि, लीड्स, बर्नली र सन्डरल्याण्ड नयाँ टोली हुन्। लीड्स र बर्नलीले सिधै च्याम्पियनशिपबाट इङ्लिस प्रिमियर लिगमा स्थान बनाएका थिए। सन्डरल्याण्डले शेफिल्ड युनाइटेड विरुद्ध प्ले-अफ फाइनल जितेको हो।

    इङ्लिस प्रिमियर लिग २०२५-२६ सिजन मे २४, २०२६ मा समाप्त हुनेछ। यो समयले जुन ११ मा सुरु हुने २०२६ फिफा विश्वकपको दुई हप्ता अगाडि लिग समाप्त हुने कुरा सुनिश्चित गर्दछ।

    (नेपाली समय अनुसार ) इङ्लिस प्रिमियर लिग २०२५-२६ को उद्घाटन सप्ताहांतका खेलहरू 

    लिभरपुल विरुद्ध बोर्नमाउथ
    शनिबार, अगस्ट १६, बिहान १२:४५ बजे 

    एस्टन भिल्ला विरुद्ध न्यूक्यासल
    शनिबार, अगस्ट १६, दिउँसो ५:१५  बजे 

    ब्राइटन विरुद्ध फुलह्याम
    शनिबार, अगस्ट १६, साँझ ७:१५ बजे 

    नटिङ्घम फरेस्ट विरुद्ध ब्रेन्टफोर्ड
    शनिबार, अगस्ट १६, साँझ ७:४५ बजे 

    सन्डरल्याण्ड विरुद्ध वेस्ट ह्याम
    शनिबार, अगस्ट १६, साँझ ७:४५ बजे

    टोटनह्याम विरुद्ध बर्नली
    शनिबार, अगस्ट १६, साँझ ७:४५ बजे 

    वुल्भ्स विरुद्ध म्यानचेस्टर सिटी
    शनिबार, अगस्ट १६, राति १०:१५ बजे

    चेल्सी विरुद्ध क्रिस्टल प्यालेस
    आइतबार, अगस्ट १७, साँझ ६:४५ बजे 

    म्यानचेस्टर युनाइटेड विरुद्ध आर्सनल
    आइतबार, अगस्ट १७, राति ९:१५ बजे 

    लीड्स युनाइटेड विरुद्ध एभर्टन
    सोमबार, अगस्ट १८, बिहान १२:४५ बजे 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend