२०८३ भाद्र २८ गते आइतवार

images
  • सिंचाई
  • उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका लागि...

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका लागि ८६ अर्ब १ करोड विनियोजन

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका लागि ८६ अर्ब १ करोड विनियोजन

सहर्ष न्युज
शुक्रवार, जेठ १७ २०८२
सहर्ष न्युज
शुक्रवार, जेठ १७ २०८२
  • काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका लागि आर्थिक वर्ष २०८२/ २०८३ मा सरकारले  ८६ अर्ब १ करोड विनियोजन गरेको छ ।

    यस्तै वैकल्पिक उर्जा निर्माणका लागि २ अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

    आगामी आवको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उर्जा मन्त्रालय र वैकल्पिक उर्जा निर्माणका लागि सो बजेट विनियोजन गरेका हुन् ।

    यस्तै पौडेलले ग्रीन हाइड्रोजनको सम्भाव्यता अध्ययन गर्ने योजना समेत सार्वजनिक गरे ।

    बुढीगण्डकी जलविद्युत आयोजनालाई सार्वजनिक-निजी साझेदारी (पिपिपी) मोडेलमा निर्माण गरिने उनले बताए।

    तामाकोशी–५ जलविद्युत आयोजनाको निर्माण कार्यलाई तीव्रता दिने र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न गरी निर्माण प्रक्रिया अघि बढाइने जानकारी गराइएको छ।

    ऊर्जा पहुँचका लागि सरकारले आगामी दुई वर्षभित्र ग्रामीण विद्युतीकरणको बाँकी काम सम्पन्न गर्ने लक्ष्य लिएको छ।

    ऊर्जाको नविनतम सम्भावना पहिचान गर्न सरकारले ग्रीन हाइड्रोजन उत्पादनको सम्भाव्यता अध्ययन गर्ने योजना समेत बजेटमा समेटिएको छ।

    सरकारले प्रसारण लाइनको विस्तार र निर्माणका लागि १३ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend