२०८३ श्रावण ११ गते सोमवार

images
  • खेलकुद
  • साफ यू-१९ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको...

साफ यू-१९ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य

साफ यू-१९ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य

मंगलवार, बैशाख २३ २०८२
मंगलवार, बैशाख २३ २०८२
  • काठमाडौं । दक्षिण एसियाली फुटबलमा उमेर समूहको फुटबल मध्ये नेपाली यू-१९ टिमको इतिहास समृद्ध छ । सन् २०१५ मा नेपालबाटै सुरु भएको साफ यू-१९ च्याम्पियनसिपको पहिलो संस्करणमै नेपाल च्याम्पियन बनेको थियो ।

    सुरुवाती दुई संस्करणमा उपाधि जितेको नेपालले त्यसपछि उपाधि जित्न सकेको छैन । सन् २०१५ मा यू-१९ को नामबाट सुरु भएको यस प्रतियोगिता दुई संस्करण साफ यू-१८ र दुई संस्करण साफ यू-२० को नामबाट भएको थियो ।

    समग्रमा सातौं संस्करण हुन लागेको यस प्रतियोगितामा साफ यू-१९ को नामबाट तेस्रो पटक हुन लागेको हो ।

    नेपालपछि भारतले तीन पटक र बंगलादेशले एक पटक उपाधि जितिसकेको छ । गत वर्ष नेपालमै भएको साफ यू-२० च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको थियो । नेपाल यो उमेर समूहमा सधैं उपाधि दाबेदार भएर पनि पछिल्लो दुई संस्करण घरेलु मैदानमा खेल्दा समेत जित्न सकेन । यस पटक भारतमा गएर खेल्दैछ ।

    अघिल्लो पटक मुख्य प्रशिक्षक रहेकै उर्जन श्रेष्ठले यस पटक पनि टिम हेर्दैछन् । श्रेष्ठको प्रशिक्षणमा नेपाल घरेलु मैदानमै फाइनलमा बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

    उनले यसअघि यू१७ टिम समेत हेरेका थिए । लगातार उमेर समूहको टिम हेरेपनि श्रेष्ठले आफ्नो प्रशिक्षणमा उपाधि जित्न पाएका छैनन् । त्यसैले यस पटक जसरी पनि जित्नै पर्ने र त्यसका लागि टिम तयार रहेको श्रेष्ठको भनाई छ ।

     

    ओ केबाट साभार गोविन्दराज नेपालको लेख 




    पछिल्लो चार संस्करणमा उपाधि जित्न नसकेको नेपाली टोली यस पटक साफ यू-१९ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित मंगलबार भारत जाँदैछ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend