२०८३ भाद्र २८ गते आइतवार

images
  • पर्यटन
  • काठमाडौँबाट बैतडीका लागि उडेको अन्नपूर्ण एयरको...

काठमाडौँबाट बैतडीका लागि उडेको अन्नपूर्ण एयरको हेलिकप्टर बाँकेको खेतमा आकस्मिक अवतरण

काठमाडौँबाट बैतडीका लागि उडेको अन्नपूर्ण एयरको हेलिकप्टर बाँकेको खेतमा आकस्मिक अवतरण

सहर्ष न्युज
बिहिवार, श्रावण २४ २०८१
सहर्ष न्युज
बिहिवार, श्रावण २४ २०८१
  • सहर्ष न्युज, काठमाडौं । काठमाडौँबाट बैतडीका लागि उडेको अन्नपूर्ण एयरको नाइन एन–एनयु हेलिकप्टर बाँकेको राप्तीसोनारी गाउँपालिका १ भम्कामा आकस्मिक अवतरण गरिएको छ ।

    नेपालगन्जमा तेल भरेर बैतडी जान काठमाडौँबाट उडेको सो हेलिकोप्टर नेपालगन्ज नपुग्दै मौसम खराब भएको कारण अपराह्न ४ बजेर ४० मिनेटमा राप्ती सोनारी भम्कामा खेतमा आकस्मिक अवतरण गरेको सशस्त्र प्रहरी बल ३० नम्बर बागेश्वरी गण हेडक्वाटरका एसपी विमल डाँगीले जानकारी दिनुभयो ।

    उहाँले हेलिकप्टरमा सवार भारतीय नागरिक र पाइलटसहित हेलिकप्टर पनि सुरक्षित रहेको जनाउँदै त्यहाँबाट हेलिकप्टरलाई राप्तीसोनारीकै कुसुमस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा राखिएको बताउनुभयो ।

    मौसम सफा भएपछि हेलिकप्टरलाई गन्तव्यतर्फ पठाइने प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend