२०८३ भाद्र २८ गते आइतवार

images
  • पर्यटन
  • एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना छानविन गर्न...

एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना छानविन गर्न आयोग, प्रतिवेदन पेस गर्न ३० दिनको समय

एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना छानविन गर्न आयोग, प्रतिवेदन पेस गर्न ३० दिनको समय

सहर्ष न्युज
बिहिवार, श्रावण २४ २०८१
सहर्ष न्युज
बिहिवार, श्रावण २४ २०८१
  • सहर्ष न्युज, काठमाडौं । एयर डाइनेष्टी हेलिकप्टर दुर्घटना छानविन गर्न सरकारले आयोग गठन गरेको छ । एयर डाइनेष्टीको जहाज दुर्घटना नुवाकोटको शिवपुरी गाउँपालिका सूर्यचौरमा भएको थियो ।

    बुधबार अपराह्न बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिएका हुन् ।

    नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा छानबिन आयोग गठन गरिएको बताए । उनले आयोगको सदस्यहरूमा विष्णु बस्नेत र तनुजा पोखरेल रहेको उल्लेख गरे । उनले बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीका उडेको एयर डाइनेष्टीको नाइन एन–एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा एक जना नेपाली र चार जना चिनियाँ नागरिकको मृत्यु भएको जानकारी दिए ।

    उनले भने, ‘नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका सूर्यचौरमा एयर डाइनेष्टी—नाइन एन एडीडी कनसाइन हेलिकप्टर दुर्घटना भएको छ । सो दुर्घटनामा चालक सहित चार जना यात्रुको मुत्यु भएको छ । हेलिकप्टर दुर्घटनामा सबै चिनियाँ नागरिक रहेका छन् । यो घटनाको छानविन गरी प्रतिवेदन पेश गर्न छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेको छ । नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा सदस्यहरूमा विष्णु बस्नेत र तनुजा पोखरेल छन् । गठन भएको ३० दिन समय अवधि हुनेछ ।’

    उनले हेलिकप्टर दुर्घटनाबारे छानबिन गरी प्रतिवेदन पेस गर्न आयोगलाई ३० दिनको समय दिइएको बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend