२०८३ भाद्र २८ गते आइतवार

images
  • सिंचाई
  • ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत...

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत कार्यरत सहसचिव राजेन्द्र शर्माको राजीनामा स्वीकृत, मन्त्रिपरिषद्का १३ निर्णय (सबै)

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत कार्यरत सहसचिव राजेन्द्र शर्माको राजीनामा स्वीकृत, मन्त्रिपरिषद्का १३ निर्णय (सबै)

सहर्ष न्युज
मंगलवार, चैत्र २५ २०८१
सहर्ष न्युज
मंगलवार, चैत्र २५ २०८१
  • काठमाडौं । सरकारले मन्त्रिपरिषद्को चैत्र २५ बसेको  बैठकका निर्णहरु  सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्ले विभिन्न १३ वटा निर्णय गरेको छ ।

    सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन मार्फत मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

    मन्त्रिपरिषद्को बैठकले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत कार्यरत सहसचिव राजेन्द्र प्रसाद शर्माको राजीनामा स्वीकृत गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।

    बौद्धनाथ क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा मोहनकुमार तामाङलाई नियुक्ति लगायतका निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।

    वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसालको संवत् २०८१ साल चैत २४ गते आइतबारका दिन ९७ वर्षको उमेरमा असामयिक निधन भएकोमा नेपाल सरकार गहिरो शोक प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ। यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति नेपाल । सरकार हार्दिक समवेदना व्यक्त गरेको छ ।

    २०८१ चैत २८ र २९ गते काठमाडौंमा हुने नेपाल भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी प्रदान गर्ने सरकारले गरेको मन्त्री गुरुङ बताउछन् ।

    २०८२ बैशाख २६ र २७ गते भुटानको थिम्पुमा आयोजना हुने 18th South Asia Power Secretaries Roundtable (PSRT) कार्यक्रममा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव (ऊर्जा) लाई स्वीकृति प्रदान निर्णय भएको छ ।

    गृह मन्त्रालय तथा मातहतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने सरकारले निर्णय गरेको छ ।

    नेपाली सेनाअन्तर्गत एक जनालाई महासेनानीबाट सहायक रथी दर्जामा बढुवा गर्ने, एक जनालाई सहायक रथीबाट उपरथी दर्जामा बढुवा गर्ने र एक जना उपरथीको वैदेशिक भ्रमण स्वीकृत निर्णय गरेको उनले बताए ।

    श्री रातो मच्छिन्द्रनाथको रथयात्रा (भोटो देखाउने जात्रा) र मिननाथ रथयात्राको लागि ६६५.९७ क्यू. फिट काठ गुठी संस्थानलाई उपलब्ध गराउने र उक्त वन पैदावारको हुन आउने राजश्व रोयल्टी  मिनाहा गर्ने  सरकारले निर्णय गरेको छ ।

    २०८२ जेठ ४ गतेदेखि ७ गतेसम्म बेलायतको लन्डनमा हुने Education World Forum 2025 मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय विद्या भट्टराईलाई सहभागी हुन स्वीकृति प्रदान गरिएको उनले बताए ।

    यी हुन सरकारका थप निर्णयहरु

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend