२०८३ भाद्र २७ गते शनिवार

images
  • बैंक वित्त
  • स्वीकृत प्राप्त वित्तीय संस्थाबाहेक लघुवित्तसम्बन्धी कारोबार...

स्वीकृत प्राप्त वित्तीय संस्थाबाहेक लघुवित्तसम्बन्धी कारोबार गर्न नपाइने व्यवस्था गर्न सुझाव

स्वीकृत प्राप्त वित्तीय संस्थाबाहेक लघुवित्तसम्बन्धी कारोबार गर्न नपाइने व्यवस्था गर्न सुझाव

सहर्ष न्युज
बुधवार, श्रावण २३ २०८१
सहर्ष न्युज
बुधवार, श्रावण २३ २०८१
  • सहर्ष न्युज, काठमाडौं । नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत प्राप्त वित्तीय संस्थाबाहेक लघुवित्तसम्बन्धी कारोबार गर्न नपाइने व्यवस्था गर्न सरकारलाई सुझाव दिइएको छ ।

    लघुवित्तपीडितको समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेस गर्न गठित कार्यदलले मङ्गलबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन पेस गर्दै त्यस्तो सुझाव दिएको हो ।

    कार्यदलको सुझाबअनुसार सहकारी संस्थाले सञ्चालन गरेका लघुवित्त कार्यक्रम बारे अन्यौल सिर्जना भएको छ ।

    नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाको संयोजकत्वमा गठित कार्यदलले लघुवित्त वित्तीय संस्थाका ऋणीहरूलाई कठिनाइ भएको गुनासो रहेको सन्दर्भमा बचत तथा ऋण सहकारी संस्थाबाट हुने वित्तीय कारोबारलाई व्यवस्थित गर्न आवश्यक व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ ।

    Laghubitta-Finance-Minister-Photo.jpg

    यसैगरी लघुवित्त वित्तीय संस्थालाई हाल कर्जा नियमित नभएका तथा समस्यामा परेका भनिएका आआफ्ना ऋणीहरूको तथ्याङ्क सङ्कलन गर्न पनि प्रतिवेदनमार्फत राष्ट्र बैङ्कलाई सुझाव दिइएको छ । नियतवश कर्जा नतिरेका तथा वास्तविक रूपमै समस्यामा परेका ऋणीहरू यकिन गरी अधिकतम ६० दिनभित्र नेपाल राष्ट्र बैङ्कसमक्ष पेस गर्न निर्देशन दिने विषय पनि प्रतिवेदनमा समेटिएको छ ।

    कर्जाको साँवाब्याज तथा नियमित बचत जम्मा नगर्ने सदस्यलाई ताकिता गर्ने नाममा कार्यस्थलको वातावरण बिगार्ने गरी दबाब तथा मानसिक यातना नदिन कार्यदलले लघुवित्त संस्थालाई सुझाव दिएको छ ।

    लघुवित्त वित्तीय संस्थाका सदस्यले पालना गर्नुपर्ने कार्यमा एक संस्थाबाट मात्र कर्जा उपयोग गर्ने, जुन प्रयोजनका लागि कर्जा लिएको हो सोही प्रयोजनमा मात्र प्रयोग गर्ने तथा उक्त परियोजनाबाट भएको नगद प्रवाहबाट नियमित रूपमा किस्ता तिर्नेलगायत छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend