काठमाडौँ । आइपीएलको यस सिजनमा पहिलो पटक कप्तानको रूपमा सञ्जु स्यामसन मैदानमा आएपछि राजस्थान रोयल्सको भाग्य फेरियो र उनले पञ्जाब किंग्सलाई ५० रनले पराजित गरे।
यो राजस्थानको लगातार दोस्रो जित हो। राजस्थानको जितका नायकहरू यशस्वी जयसवाल र जोफ्रा आर्चर थिए। यहाँ स्कोर २०५ रनमा पुर्याउन यशस्विले महत्वपूर्ण भूमिका खेले।
त्यसैबेला, आर्चरले सुरुमै पञ्जाब किंग्सको ढाड भाँचिदिए। उनले सुरुमै २ तथा पछि डेथ ओवरमा १ विकेट लिएका थिए । पहिलो दुई खेल जितेर आएको पञ्जाबले ५० रनले खेल गुमायो ।
राजस्थान रोयल्सले दुई खेल हारेर सिजनको सुरुवात गरेको थियो, तर लगातार दुई खेल जितेर ट्रयाकमा फर्किएको छ।
