२०८३ श्रावण ११ गते सोमवार

images
  • सिंचाई
  • दुई दिन देशव्यापी बर्षा हुने, मुसलधारेदेखि...

दुई दिन देशव्यापी बर्षा हुने, मुसलधारेदेखि मध्यम बर्षा हुने विभागको अनुमान

दुई दिन देशव्यापी बर्षा हुने, मुसलधारेदेखि मध्यम बर्षा हुने विभागको अनुमान

सहर्ष न्युज
मंगलवार, श्रावण २२ २०८१
सहर्ष न्युज
मंगलवार, श्रावण २२ २०८१
  • सहर्ष न्युज, काठमाडौं । आउँदो दुई दिन देशव्यापी रूपमा अत्यन्त मुसलधारेदेखि मध्यम वर्षा हुने भएको छ । मनसुनको न्यूनचापीय रेखा नेपालनजिक आइपुगेको हुनाले मङ्गलबार र बुधबार दुई दिन देशव्यापी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले जारी गरेको विशेष मौसम बुलेटिन अनुसार पूर्वी नेपालदेखि सुदूरपश्चिम भेगसम्मै अति भारी र मध्यम वर्षाको क्रम दुई दिन जारी रहने छ ।

    विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार केही जिल्लामा अति भारी वर्षा हुने भएकाले सतर्क रहनुपर्ने छ । अति भारी, भारी र मध्यम वर्षाको वर्गीकरणसहित जारी बुलेटिन अनुसार प्राकृतिक विपत्तिविरुद्ध पूर्वतयारी तथा उद्धार तयारी गर्न उहाँले सरोकारवाला निकायलाई सुझाउनुभएको छ ।

    महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका बाँकी केही स्थानमा अति भारी वर्षाको अनुमान गरिएको छ ।

    भारीदेखि अति भारी वर्षाको सम्भावना रहेका ३६ जिल्लामा बाढी, पहिरोलगायतको उच्च जोखिम रहेको महाशाखाले औँल्याएको छ ।

    त्यस्तै वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिममा रहेका ३७ जिल्लामा पनि पूर्वतयारी आवश्यक रहेको जनाइएको छ । जसमा उपत्यकाको काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लासमेत रहेको छ ।

    मध्यमदेखि सामान्य वर्षा हुने सात जिल्लामा पनि खण्डित वर्षा हुन सक्ने भएकाले सतर्क रहन भनिएको छ । सोमबार रातिदेखि बुधबार रातिसम्म रातको समयमा बढी वर्षा हुने भएकाले पनि जोखिम बढ्न सक्ने अनुमान मौसमविद् कँडेलले गर्नुभयो । जसकारण सहरी भेग र तराईमा उच्च डुबान बढ्ने, राजमार्ग, हवाई यातायातसमेत प्रभावित हुने भएकाले मौसम सुधार नभएसम्म टाढाको यात्रा नगर्न महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend