२०८३ श्रावण १० गते आइतवार

images

क्यामरुन एयरपार्क क्षेत्रमा बस्ने हरेकको घरमा विमान, कार्यालय जान आउन समेत विमानकै प्रयोग

क्यामरुन एयरपार्क क्षेत्रमा बस्ने हरेकको घरमा विमान, कार्यालय जान आउन समेत विमानकै प्रयोग

सहर्ष न्युज
बिहिवार, आषाढ २७ २०८१
सहर्ष न्युज
बिहिवार, आषाढ २७ २०८१
  • सहर्ष न्युज, काठमाडौं । प्रत्येकको व्यक्तिहरुको घरमा विमान रहेको खबर सुन्दा हामीलाई आश्चर्य लाग्ला र पत्यार नलाग्न सक्ला । तर, यो समाचार यथार्थ र वास्तविकतामा आधारित रहेको छ । अमेरिकाको क्यार्लिफोनियाको एयरपार्क क्षेत्र विश्वमै यस्तो स्थानमा पर्दछ ।

    कुनै टोलमा बस्ने हरेक परिवारसँग एउटा कार हुनु र उनीहरु कुनै कामले बाहिर निस्किँदा कार चढेर निस्किनु सामान्य भइसक्यो । तर, टोलका सबैसँग हवाइ जहाज हुनु र उनीहरु अफिस जान वा अन्य कुनै कामले बाहिर जाँदा हवाइ जहाज चढेर जान्छन् भन्ने कुरा चाहिँ अलि असामान्य लाग्ने समाचार नै हो । क्यामरुन एयरपार्क क्षेत्रमा बस्ने मानिसहरुको लागि यो निकै सामान्य कुरा भइसकेको छ ।

    इनसाइडरका अनुसार क्यामरुन एयरपार्क मानिसहरुको आवासीय क्षेत्र हो । यहाँ थुप्रै परिवारहरु बस्छन् । यहाँका घरहरुमा कार राख्ने ग्यारेजजस्तै विमान राख्ने ह्याङ्गर छन् । यहाँका सडकमा विमान गुडिरहेको देखिनु अन्यत्रका सडकमा कार गुडेको देखिनुजस्तै सामान्य हो । यो एयरपार्क १९६३ मा क्यामरुन पार्क एयरपोर्टसँगै बनाइएको हो । अहिले यहाँ १२४ घरहरु छन् ।

    यहाँका सडकहरु सय फिट फराकिला छन् । यी सडक फराकिला बनाइनुको कारण त्यस क्षेत्रमा बस्ने पाइलटहरुले विमानलाई एयरपोर्टबाट घरसम्म वा घरबाट एयरपोर्टसम्म गुडाउँदै लैजान सकुन् भन्ने उद्देश्य हो ।

    क्यामरुन पार्क एयरपोर्टका म्यानेजर केभिन कुक्सीले इनसाइडरसँग कुरा गर्दै यहाँका सडकहरु एयरपोर्टको रनवेभन्दा पनि फराकिला रहेको बताए । यी सडकमा विमान गुडिरहेको बेला कार पनि सजिलै गुडेर क्रस गर्न सकियोस् भनेर सडक यति फराकिला बनाइएका हुन् । यहाँ सडक संकेत र चिठीका बाकसहरु सामान्यभन्दा निकै होचो बनाइएका छन् ताकि यी संकेतहरु विमानको पखेटासँग नठोक्किउन् । यहाँ सडकका नाम पनि विकानको नामबाट बोइङ रोड, सेस्ना ड्राइभ लगायत राखिएका छन् ।

    रहरले पाइलट बनेका बर्ल स्केग्स २००३ मा बे एरियाबाट क्यामरुन एयरपार्कमा बसाइ सरेका हुन् । आफूले सानो विमान किनेपछि उनी यहाँ सरेका थिए । त्यसपछि आफूले जागिरबाट अवकाश पाउँदासम्म ७ वर्षसम्म उनी पालो अल्टोमा जागिरमा जाँदा हरेक दिन बिहान जहाजमा जान्थे र बेलुका जहाजमै फर्किन्थे । उनी मेकानिकल इन्जिनियरको काम गर्थे ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend