२०८३ श्रावण १० गते आइतवार

images

भूतको डरले पुरै गाउँ अतिरिक्त सुविधा सहित एउटा फ्ल्याटको मूल्यमा बेचिँदै

भूतको डरले पुरै गाउँ अतिरिक्त सुविधा सहित एउटा फ्ल्याटको मूल्यमा बेचिँदै

सहर्ष न्युज
बिहिवार, आषाढ २७ २०८१
सहर्ष न्युज
बिहिवार, आषाढ २७ २०८१
  • सहर्ष न्युज, काठमाडौं । संसारमा यस्ता कैयौं ठाउँहरु छन् जुन ठाउँको रहस्य बुझ्न निकै कठिन छ । केही कुराहरुले यी ठाउँलाई यति डरलाग्दो बनाएका हुन्छन् कि त्यो कुराको चर्चा दशकौंपछि पनि भइरहन्छ । स्कटल्याण्डको एक प्राचीन गाउँको पनि यस्तै एउटा कथा छ ।

    प्रेतवाधित अर्थात भूतले तर्साउने भनिने यो गाउँ अब निकै सस्तोमा बेचिँदैछ । यसको मूल्य पनि तय भइसकेको छ र यो गाउँ किन्ने मानिसलाई केही अतिरिक्त सुविधा पनि दिइनेछ ।

    यो प्राचीन स्कटिस गाउँ १ लाख २५ हजार पाउण्ड (करिब २ करोड रुपैयाँ) मा बिक्रीका लागि खुला गरिएको छ । रोचक त के भने स्कटल्याण्डका कैयौं शहरमा एक फ्ल्याटकै मूल्य योभन्दा धेरै पर्छ । एडिनबरा लाइभको एक रिपोर्टका अनुसार ओल्ड भिलेज अफ लयर्स पर्थशायरमा लोच ताइको तटमा छ । यो गाउँ ३.१ एकडमा फैलिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend