२०८३ श्रावण १० गते आइतवार

images
  • पर्यटन
  • संखुवासभाको मंगलबारेमा रहेको ‘गोठ द होटल’...

संखुवासभाको मंगलबारेमा रहेको ‘गोठ द होटल’ होमस्टे आगलागीबाट पूर्णरुपमा जलेर नष्ट

संखुवासभाको मंगलबारेमा रहेको ‘गोठ द होटल’ होमस्टे आगलागीबाट पूर्णरुपमा जलेर नष्ट

सहर्ष न्युज
बिहिवार, श्रावण १७ २०८१
सहर्ष न्युज
बिहिवार, श्रावण १७ २०८१
  • यज्ञ कार्की, संखुवासभा । संखुवासभा जिल्लाको मादी नगरपालिका २ मंगलबारे बजारमा रहेको ‘गोठ द होटल’ नामको होमस्टेमा आगलागी भएको छ । खाना पकाउन ग्याँस सिलिण्डर पड्किएर भएको उक्त विशाल आगलागीबाट होटल पूर्णरुपमा जलेर नष्ट भएको छ ।

    आगलागीबाट कुनै मानबीय क्षति नभए पनि ५० लाख बराबरको आर्थिक क्षति भएको प्रारम्भीक अनुमान लगाइएको छ ।

    गुराँसको राजधानी पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजले (टीएमजे) मा करिब ५०लाख लगानीमा उक्त होमस्टे स्थापना गरिएको थियो ।

    स्वदेशीका साथै विदेशी पर्यटकहरुसमेतलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको गोठ द होटल यो क्षेत्रकै सबैभन्दा ठूलो लगानीमा खोलिएको पहिलो र एकमात्र होमस्टे थियो ।

    युरोपका विभिन्न रेष्टुरेन्ट तथा पाँचतारे होटलमा समेतको अनुभव बटुलेर युरोपको आकर्षक कमाई समेत छाडेर स्वदेशमै केही गरौं भन्ने सोचका साथ उत्साहित स्थानीय युवा मुराहरि घिमिरेले उक्त होटल सञ्चालनमा ल्याएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend