२०८३ भाद्र २७ गते शनिवार

images

नेपाल पे टाइमको लाइसेन्स नवीकरण नहुने, राष्ट्र बैंकद्वारा लाइसेन्स नविकरण गर्न अस्वीकार

नेपाल पे टाइमको लाइसेन्स नवीकरण नहुने, राष्ट्र बैंकद्वारा लाइसेन्स नविकरण गर्न अस्वीकार

सहर्ष न्युज
शुक्रवार, फाल्गुण ९ २०८१
सहर्ष न्युज
शुक्रवार, फाल्गुण ९ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंककले  नेपाल पे टाइम प्रालिको भुक्तानी सेवाप्रदायकको लाइसेन्स नवीकरण नगर्ने भएको छ । केन्द्रीय बैंकले  उक्त संस्थाको सेवा निरन्तर नभएको र नियम परिपालना पनि नगरेको भन्दै नवीकरण नगर्ने निर्णय गरेको एक सूचनामा उल्लेख गरेको छ ।

    राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै उक्त कम्पनीले २०७६ सालको भदौमा लिएको लाइसेन्स नवीकरण नगरिएको जानकारी गराएको छ।

    कम्पनीको एप्लिकेसन पनि नभएको र सेवा पनि बन्द रहेको राष्ट्र बैंकले पाएको बताएको छ । त्यस्तै नियामकीय नियमको परिपालना पनि नगरेकाले नवीकरण नगरिएको राष्ट्र बैंकले जानकारी दिएको छ। यो कम्पनीको लाइसेन्स नवीकरण नभएको र योसँगै कसैले पनि कारोबार नगर्न राष्ट्र बैंकले सचेत गराएको छ। त्यस्तै कुनै लेनदेन बाँकी भएमा ३० दिनभित्र संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।

    राष्ट्र बैंकले  नेपाल पे टाइम प्रा.लि. लाई प्रदान भएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र नवीकरण नगरिएको बताएको हो ।  नेपाल पे टाइम प्रा.लि. लाई यस बैंकबाट मिति २०७६/०५/ १९ मा प्रदान भएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र उक्त संस्थाले प्रदान गर्दै आइरहेको सेवा लामो समयदेखि बन्द रहेको तथा सेवा प्रवाहका लागि प्रयोग हुने वालेटको एप प्ले स्टोर र एप स्टोरमा नरहेकोर संस्थाको संस्थागत सुशासनको अवस्था कमजोर रहेको जानकारी दिएको छ ।

    राष्ट्र बैंकले  उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकहरुको संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न सूचनामा उल्लेख गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend