२०८३ श्रावण १० गते आइतवार

images
  • शिक्षा
  • काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि २० जनाबीच...

काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि २० जनाबीच प्रतिस्पर्धा हुने

काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि २० जनाबीच प्रतिस्पर्धा हुने

सहर्ष न्युज
शुक्रवार, माघ २५ २०८१
सहर्ष न्युज
शुक्रवार, माघ २५ २०८१
  • काठमाडौं  : काठमाडौं विश्वविद्यालयको उपकुलपति (भीसी) का लागि २० जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

    पछिल्लो पटक थप चार जनाको आवेदन स्वीकृत भएसँगै भीसीका लागि २० जना प्रतिस्पर्धामा देखिएका हुन् । पहिलो पटकको आवेदनमा १६ र दोस्रोमा ४ जनाको आवेदन स्वीकृत भएको हो ।

    केयूका मेडिकल संकायकाले कार्यविधिका कारण आवेदन दिन नपाएपछि १८ माघ गते दोस्रो पटक आवेदन माग गरिएको थियो ।

    छनोट समितिका अनुसार, दोस्रो पटक प्रा.डा. गेहनाथ बराल, प्रा.डा. गजेन्द्रप्रसाद कोजू, प्रा.डा. अजय रिसाल, प्रा.डा. दिपक श्रेष्ठको निवेदन स्वीकृत भएको हो ।

    अन्तर्वार्तासँगै सोचपत्रका आधारमा छनोट समितिले २० जनाबाट ३ जनाको नाम कुलपतिमा सिफारिस गर्नेछ । 

    K U VC.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend