२०८३ श्रावण ११ गते सोमवार

images
  • समाज
  • सहिदको अपमान गर्ने बालेन प्रजातान्त्रिक पृष्ठभुमिबाट...

सहिदको अपमान गर्ने बालेन प्रजातान्त्रिक पृष्ठभुमिबाट उदाए, शंकास्पद भूमिकामा देखिए !

सहिदको अपमान गर्ने बालेन प्रजातान्त्रिक पृष्ठभुमिबाट उदाए, शंकास्पद भूमिकामा देखिए !

सहर्ष न्युज
मंगलवार, माघ २२ २०८१
सहर्ष न्युज
मंगलवार, माघ २२ २०८१
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले महान सहिदहरुको अपमान गरेका छन् । स्थानीय सरकारले आयोजना गरेको सहिद दिवसको कार्यक्रममा उपस्थित नभएर उनले महान सहिदहरुको अपमान गरेका हुन् । यथार्थता केही समय अघि माघ १६ गते सहिद दिवसको हो । 

    लैनचौरको २६ वडा कार्यालयसँगै सहिद स्मारकमा आयोजना गरिएको भब्य कार्यक्रममा उनी उपस्थित भएनन् ।

    २०१२ सालदेखि सोही स्थान र एउटै समयमा मनाउँदै आइएको छ । 

    सहिद दिवसमा ९ बजे मनाउँदा उपमेयर सुनिता डंगोललगायत ३२ वडाका जनप्रतिनिधि उपस्थिति भए । तर, बालेनको आफ्नो निवासबाट दुई मिनेट मात्रको पैदल दुरिमा गरिएको कार्यक्रममा उनी उपस्थिति भएनन् । 

    स्थानीय सरकारको तर्फवाट शहिद दिवस मनाएको केही समयलगतै ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा चारवटै सुरक्षा निकायका प्रमुखहरु, कुटनीतिक नियोगका पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा सहिद दिवस मनाइएको थियो । स्थानीय सरकारले आयोजना गरेको कार्यक्रममा त उपस्थिति नभएका उनी उक्त कार्यक्रममा त झन उनी उपस्थिति हुने कुरै रहेन् । 

    स्मरणीय त के छ भने बालेन २०८० सालको सहिद दिवसका यस्तै कार्यक्रममा सरकारले आमन्त्रण गर्दा पनि उनी उपस्थिति भएका थिएनन् । कुरा उपस्थितिको मात्रै होइन । उनले ‘यसो किन गरिरहेका छन’ भन्ने मुख्य कुरा हो । 

    उनले लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र केही नरुचाएको हो भन्ने सहिद प्रति गरेको अपमानले पुष्टि गर्छ । गणतन्त्रप्रति उनको चित्त नबुझाई हो भने उनी तिनै महान सहिदहरुको बलिदानीले ल्याएको व्यवस्थालाई टेकेर सार्वजानिक पद किन धारण गरिरहेका छन ? अहिले प्रश्न उठाउन थालिएको छ । ‘सार्वजानिक पद धारण गर्नुअघि उनको व्यक्तिगत अधिकारको कुरामा कसैले प्रश्न उठाउन पाउँदैनथे । तर अब उनी यही व्यवस्थालाई टेकेर सार्वजानिक पद धारण गरेर बसेपछि उनलाई यो भन्ने छुट हुँदैन । सार्वजानिक सरोकारका ज्ञाता विष्णु कार्की भन्छन्– ‘अब उनमा दुईवटा विकल्प छन् । एउटा व्यवस्था मान्ने अर्को पद छाड्ने ।’

    सर्वमान्य केही विषयमा उनमा देखिएको ‘हठ’ त्यागेर माथि उठ्नुपर्ने उनको तर्क छ । 

    यही व्यवस्थाबाट सार्वजानिक पद धारण गर्ने अनि यही व्यवस्थाले स्थापित गरेका सर्वमान्य विषयलाई खिल्ली उडाउने उनको यो स्वभाव ठिक नभएको राजनीतिक विश्लेषक राजेन्द्र राई बताउँछन् । यो व्यवस्था मान्ने सबैले व्यवस्थाको नीति र विधिलाई पालन गर्नुपर्नेमा उनको जोड छ । उनी भन्छन्– ‘महानगरको प्रमुख भएपछि महानगरको विकास र समृद्धिमा उनले प्रसस्तै भूमिका निर्वाह गर्नुपर्छ, त्यसमा दुईमत भएन् । तर सार्वजानिक पदमा बसेको व्यक्ति व्यवस्थाले नै शंका गर्ने गरी शंकास्पद भूमिकामा बस्नु भएन् । 
    उनको यही हठ चलिरहे उनको जनविश्वास लगातार घट्ने र उनी सवत्र आलोचनाका पात्र भइरहने विश्लेषक राईको निष्कर्ष छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend