२०८३ भाद्र २७ गते शनिवार

images
  • सिंचाई
  • देशभर मनसुनी वायुको प्रभाव कायमै, चारवटा...

देशभर मनसुनी वायुको प्रभाव कायमै, चारवटा प्रदेशमा भारी वर्षा हुने

देशभर मनसुनी वायुको प्रभाव कायमै, चारवटा प्रदेशमा भारी वर्षा हुने

सहर्ष न्युज
शनिवार, श्रावण १२ २०८१
सहर्ष न्युज
शनिवार, श्रावण १२ २०८१
  • सहर्ष न्युज, काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    दिउँसो देशभर साधारणतया बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । यस्तै बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

    राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend