२०८३ भाद्र २७ गते शनिवार

images
  • सिंचाई
  • दुई वर्षभित्र शतप्रतिशत विद्युतीकरण गरिसक्ने ऊर्जा...

दुई वर्षभित्र शतप्रतिशत विद्युतीकरण गरिसक्ने ऊर्जा मन्त्री खड्काको दाबी

दुई वर्षभित्र शतप्रतिशत विद्युतीकरण गरिसक्ने ऊर्जा मन्त्री खड्काको दाबी

सहर्ष न्युज
शनिवार, श्रावण १२ २०८१
सहर्ष न्युज
शनिवार, श्रावण १२ २०८१
  • सहर्ष न्युज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आगामी दुई वर्षभित्र देशभरि शतप्रतिशत विद्युतीकरण गरिसक्ने बताउनु भएको । नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिले मुलुकभरि ९८ प्रतिशत विद्युतीकरण भइसकेको छ र त्यसमा १५ प्रतिशत हिस्सा सामुदायिक विद्युतीकरणको छ ।

    सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको २०औँ स्थापना दिवसका अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा मन्त्री खड्काले दुई वर्षको लक्ष्य राखे पनि त्यसअघि नै लक्ष्य प्राप्त गर्ने गरी काम भइरहेको बताउनुभयो । 

    मुलुकलाई कस्तो योगदान दिन सकिन्छ भन्ने विषयमा चिन्तित भएर काम गर्ने आफ्नो लक्ष्य रहेको बताउँदै मन्त्री खड्काले त्यसमा सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो । 

    विद्युतको क्षेत्रमा समय सापेक्षित विषयको खोजी गर्न महासङ्घलाई आग्रह गर्दै उहाँले यसका लागि सरकार सँधै साथमा रहेको बताउनुभयो । सशस्त्र द्वन्द्वकालमा गाउँमा बती बाल्ने जनचाहना सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङघमार्फत पुरा भएको स्मरण गर्दै उहाँले समुदायमा आधारित विद्युतीकरणले हजारौँको सङ्ख्यामा रोजगारीसमेत सिर्जना भएको स्पष्ट पार्नुभयो ।

    उहाँले समयसँगै परिस्कृत हुन महासङ्घलाई सुझाव दिँदै भन्नुभयो, ‘‘एउटै कुरामा ‘डिपेन्ड’ भएर बस्नु हुँदैन । समयसँगै हामी परिस्कृत हुनुपर्दछ । यहाँहरुको मुलुकले त्यो अपेक्षा गरेको छ र गर्नु पनि पर्छ ।’’ हिजो योगदान पु¥याएकाहरुको उच्च कदर गर्दै भोलि आउने कुराको नयाँ खोजका साथ अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

    विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले विशेष गरी विद्युतको उत्पादन, प्रशारण, वितरण र व्यापारमा नियमनका साथै विद्युतीय सुरक्षा, गुणस्तरीय सेवाका लागि आयोगले काम गर्दै आएको बताउनुभयो । 

    आयोगका सदस्य झमक शर्माले कुनै पनि विषयमा आयोगले तजविजी अधिकार प्रयोग नगरेको स्पष्ट पार्नुभयो । उहाँले विद्युत् नियमन आयोग एउटा स्वायत निकाय रहेको भन्दै उहाँले सरकारी निकायको रुपमा वा कसैको दवाव र प्रभावमा आयोगले काम गर्दैन भन्नुभयो ।

    वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले राष्ट्रिय प्रशारण पुग्न नसकेको दूरदराज ठाउँमा यस केन्द्रले काम गर्दै आएको बताउँदै यस केन्द्रको योगदानबाट खासगरी लघु तथा साना जलविद्युत, सौर्य ऊर्जा, वायु ऊर्जा, जैविक ऊर्जालगायतको प्रविधिबाट विद्युतको पहुँच पु¥याउने काम गरिएको जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, ‘‘९५ प्रतिशत भन्दा बढी ठाउँमा राष्ट्रिय प्रशारण नै पुगिसकेको अवस्थामा करिब तीन प्रतिशत मात्र वैकल्पिक ऊर्जाको योगदान छ ।’’

    सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष नारायण ज्ञवालीले समुदायिक विद्युतीकरणमा झण्डै एक अर्ब ८० करोड रुपियाँभन्दा बढी लगानी भएको बताउँदै यस कार्यव्रmमबाट करिब छ लाख घरधुरी (ग्रामीण क्षेत्रको १५ प्रतिशत भाग) मा विद्युतीकरण भएको जानकारी दिनुभयो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend