२०८३ भाद्र २७ गते शनिवार

images
  • शिक्षा
  • पाँच महिनामा विदेशमा अध्ययन गर्न नेपालीले...

पाँच महिनामा विदेशमा अध्ययन गर्न नेपालीले लगे ४७ अर्ब ३४ करोड

पाँच महिनामा विदेशमा अध्ययन गर्न नेपालीले लगे ४७ अर्ब ३४ करोड

सहर्ष न्युज
शुक्रवार, माघ ४ २०८१
सहर्ष न्युज
शुक्रवार, माघ ४ २०८१
  • काठमाडौं । नेपालबाट  विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेका छन् ।

    राष्ट्र बैंकको विवरणअनुसार भ्रमण व्यय १२.२ प्रतिशतले वृद्धि भई रू ८५ अर्ब एक करोड पुगेको छ। त्यसमध्ये शिक्षातर्फको व्यय ४७ अर्ब ४१ करोड रुपैयाँ छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७५ अर्ब ७३ करोड थियो ।

    गत मङ्सिर मसान्तसम्म खुद सेवा आय ४० अर्ब ७१ करोडले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २६ अर्ब ५५ करोडले घाटामा रहेको थियो। सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३.१ प्रतिशतले वृद्धि भई ३५ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३४ अर्ब १२ करोड रुपैयाँ थियो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend