२०८३ भाद्र २८ गते आइतवार

images

राष्ट्रिय बीमा कम्पनीमा ठूलो घोटाला र नियामकिय प्रावधान विपरित काम, प्राधिकरणले टेकओभर गर्ने संभावना बढ्यो

राष्ट्रिय बीमा कम्पनीमा ठूलो घोटाला र नियामकिय प्रावधान विपरित काम, प्राधिकरणले टेकओभर गर्ने संभावना बढ्यो

सहर्ष न्युज
सोमवार, पौष २९ २०८१
सहर्ष न्युज
सोमवार, पौष २९ २०८१
  • काठमाडौं । राष्ट्रिय बीमा कम्पनीमा ठूलो घोटाला र नियामकिय प्रावधान विपरित काम भएको भन्दै टेकओभर गरी नेपाल बीमा प्राधिकरणले नै व्यवस्थापन चलाउने गरि टेक ओभर गर्ने तयारी थालिएको छ । 

    प्राधिकरणले चेतावनी दिएसँगै उक्त कानुनी प्रोसेस समेत सुरु गरिएको प्राधिकरण स्रोतले जानकारी दिएको छ । 

    राष्ट्रिय बीमा कम्पनीमा सरकारी स्वामित्वमा रहेको कम्पनी हो । 

    स्रोतका अनुसार भद्रगोल अवस्थामा रहेको कम्पनीलाई टेकओभर गरी नेपाल बीमा प्राधिकरणले नै व्यवस्थापन चलाउनेबारे छलफल सुरु भएको छ। नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले नियामकीय मापदण्ड विपरित रहेर काम गर्दै आएको आईरहेको सरकारी सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीलाई टेकओभर गर्न छलफल चलाएका छन् ।

    नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले राष्ट्रिय बीमा कम्पनीका संचालक समिति र बोर्डका पदाधिकारीहरुलाई छलफलका लागि बोलाएर कम्पनीको भद्रगोल अवस्थामै रह्ने हो भने टेकओभर गर्नु बाहेक अन्य विकल्प नरहेको चेतावनी दिइसकेका छन् ।

    बीमा प्राधिकरणसँगको छलफलमा सहभागी कम्पनीका अध्यक्ष सहितको बोर्डका पदाधिकारी र उच्च व्यवस्थापकहरु भने अध्यक्ष दाहालको प्रश्नमा मौन नै रहेका थिए ।

    भद्रगोल अडिट र नियामकीय मापदण्ड विपरित रहेर काम गर्ने कम्पनीलाई सधै छुट दिन नसक्ने उनले सपष्ट पारेका थिए ।

    ‘सरकारी लगानीका राष्ट्रिय बीमा कम्पनीलाई प्राधिकरणले संरक्षण गरिरहन सक्दैन। अडिट गर्न निर्देशन दिएका छौं, नगरे टेकओभर गर्छौं,’ उनले भने ।

    कम्पनी संस्थागत सुशासनमा कमजोर छ भने विगतका केही ठूला घोटालाका कारण वित्तीय रुपमा उठ्न अझै समय लाग्ने देखिन्छ ।

    प्राधिकरणले कम्पनीलाई सात दिने अल्टिमेटम दिएको छ र कम्पनीमा सुपरिवेक्षण समेत गरिरहेको छ । सो पश्चात् अन्तिम निर्णय लिने तयारी भईरहेको बुझिएको छ।

    गैर कानुनी रुपमा अडिट तयार गरी बीमा प्राधिकरणबाट ‘कैफियत’ को चाङको भारी बोकेर नियामकीय प्रावधान विरुद्ध अब कम्पनीलाई छुट नदिईने प्राधिकरणका अध्यक्ष दाहालले कम्पनीका अध्यक्ष सहितको टोलीलाई छलफलका क्रममा जानकारी दिएका छन् ।

    अर्थमन्त्रालयका कर्मचारी मात्रै नभई अर्थमन्त्री विष्णु पौडेलको प्रत्यक्ष निर्देशनमा पारित भएको अडिट रिर्पोट नेपाल बीमा प्राधिकरणले समेत स्वीकृत भइसकेको छ ।

    अर्थको दवावमा राष्ट्रिय बीमाकम्पनीभित्रका करोडौं रुपैयाँको हर हिसाब नमिलाई तयार पारिएको र प्राधिकरणले समेत ‘कैफियत’ जनाएर पास गरेको अडिट रिर्पोटमा दर्जनौं कैफियतहरु भेटिएका छन् ।

    सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी चरम घोटाला र भ्रष्टाचार रहेको हालै पारित गरिएको आव २०७३ देखि ०७५ सम्मका अडिट रिपोर्टहरु लेखामान विधि र वित्तीय अनुशासन विपरित तयार पारिएको छ ।

    यतिसम्म घोटाला गरिएको छ कि बीमा शुल्क नै नलिई करोडौं रुपैयाँको बीमाको जोखिम वहन गरिएको छ । उधारो जारी गरिएको बीमा पोलिसीको हिसाब समेत नमिलेकै अवस्थामा लेखा परिक्षण सम्पन्न गरिएको छ समाचार बीमापोष्टले प्रकाशित गरिसकेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend