२०८३ भाद्र २८ गते आइतवार

images
  • विकास
  • ग्वार्को ‘ओभरपास’ का ठेकेदारलाई जरिबाना, त्रिपुरेश्वर–माइतीघरको...

ग्वार्को ‘ओभरपास’ का ठेकेदारलाई जरिबाना, त्रिपुरेश्वर–माइतीघरको फ्लाइओभर बनाउन अध्ययन

ग्वार्को ‘ओभरपास’ का ठेकेदारलाई जरिबाना, त्रिपुरेश्वर–माइतीघरको फ्लाइओभर बनाउन अध्ययन

सहर्ष न्युज
आइतवार, पौष २१ २०८१
सहर्ष न्युज
आइतवार, पौष २१ २०८१
  •  

    ठेक्का हात पारी बर्सौंसम्म काम नगर्ने प्रवृत्तिको न्यूनीकरणका लागि निर्धारित समयमा काम नगर्ने निर्माण कम्पनीसँग जरिबाना तिराउन सुरु गरिएको सडक विभागको भनाइ छ । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्र मातहत सो ओभरपास निर्माण भइरहेको छ ।

    केन्द्रका निर्देशक प्रभात झाले निर्माणाधीन ओभरपासको ठेकेदार कम्पनीले थप गरिएको म्यादभित्रसमेत काम सम्पन्न गर्न नसक्दा सम्झौता अनुसार जरिबाना तिराउन सुरु गरिएको जानकारी दिनुभयो । आयोजनाको म्याद थप भई नसकेको अवस्थामा सम्बद्ध निर्माण कम्पनीले जरिबाना तिनुपर्ने उहाँले स्पष्ट पार्नुभयो । ओभरपास निर्माणका लागि यसअघि थप गरिएको म्याद पुस ८ गते सकिसकेको छ ।

    “पुस ९ गतेदेखि निर्माण कम्पनीलाई जरिबाना तिराउन सुरु भइसकेको छ । यसबारे निर्माण कम्पनीलाई लिखित रूपमा नै जानकारी गराइसकेका छौँ,” निर्देशक झाले भन्नुभयो, “सम्झौता अनुसार आयोजनाको लागत बढे पनि त्यसको जिम्मेवार सम्बन्धित निर्माण कम्पनी नै हुने र त्यसमा सरकारले कुनै दायित्व बेहोर्नु पर्दैन ।” 

    ठेकेदार कम्पनीले सम्झौता अनुसार आयोजनाको कुल निर्माण लागत रकमको दैनिक ०.०५ प्रतिशतको दरले जरिबाना तिर्नुपर्ने हुन्छ । आयोजनाको सम्झौता रकम १७ करोड छ लाख ८८ हजार रुपियाँ रहेको छ । २०७८ फागुन १२ गतेदेखि आयोजनाको ठेक्का सुरु भएको थियो । 

    ठेक्का सम्झौता अनुसार २०८० फागुन ११ गतेसम्म आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने थियो । निर्धारित समयमा काम सम्पन्न नहुँदा पहिलो पटक २०८१ पुस ८ गतेसम्म म्याद थप गरिएको थियो तर थप गरिएको म्यादभित्र समेत काम सम्पन्न गर्न नसक्दा जरिबाना तिराउन सुरु गरिएको निर्देशक झाले स्पष्ट पार्नुभयो । आशिष/समानान्तर/रेलिगेर (संयुक्त) ले सो ओभरपास निर्माणको ठेक्का पाएको हो ।

    ‘इपिसी’ मोडलमा निर्माण हुँदै

    केन्द्रका निर्देशक झाले इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) मोडलमा ओभरपास निर्माण भइरहेको बताउनुभयो । यस मोडेल अनुसार निर्माण कम्पनीले ओभरपास निर्माणको डिजाइन र कमिसनिङ स्वयं आफैँले गर्नुपर्ने हुन्छ । यस्तो मोडलमा निर्माण कम्पनीले डिजाइन, खरिददेखि कन्स्ट्रक्सनसम्मको काम आफैँले गर्नुपर्ने हुन्छ ।  

    त्यसै गरी ओभरपास निर्माण भई सञ्चालनमा आएको पाँच वर्षसम्म ‘डिफेक्ट लायबिलिटी पिरियड (डिएलपी) सम्बन्धित निर्माण कम्पनीको नै हुने गरी सम्झौता भएको उहाँले जानकारी दिनुभयो । डिएलपीको अवधिमा ओभरपासको मर्मतसम्भारको जिम्मेवारी निर्माण कम्पनीको नै हुने छ । 

    सबै प्रकारका सवारीसाधनको आवतजावत हुन सक्ने यो ओभरपास चार लेनको निर्माण भइरहेको छ । ओभरपासको कुल लम्बाइ ४५५ मिटर हुने छ । ओभरपासको ‘ग्राउन्ड क्लियरेन्स’ छ मिटर हुने छ ।

    सो ओभरपासको उचाइ ५.५ मिटरको हुने छ । ओभरपासमा सवारीसाधन चढ्नका लागि दायाँतर्फ १८० मिटरको र बायाँ ११० मिटरको ¥याम निर्माण गरिने छ । चव्रmपथको मुख्य सडक प्रयोग गर्ने सवारीसाधन ओभरपास हुँदै गुड्ने छन् । 

    त्रिपुरेश्वर–माइतीघरको अध्ययन

    त्रिपुरेश्वर–थापाथली–माइतीघर सडकखण्डमा बढ्दै गएको सवारी चाप कम गर्न यसअघि नै जापान सहयोग नियोग (जाइका) ले त्रिपुरेश्वरदेखि माइतीघरसम्म सिधा फ्लाइओभर बनाउने सुझावसहित प्रतिवेदन सरकारलाई बुझाइसकेको छ । यो फ्लाइओभर निर्माणसँगै त्रिपुरेश्वर, थापाथली र माइतीघरको जाम पूर्ण रूपमा हट्ने सो प्रतिवेदनमा उल्लेख छ । जाइकाको सो प्रतिवेदन अनुसार यो फ्लाइओभर निर्माणका लागि नेपाली सेनाको जङ्गीअड्डा र त्रिभुवन विश्वविद्यालयको केही जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ तर सेनाले सुरक्षा संवेदनशीलता देखाउँदै जग्गा दिन अस्वीकार गरेपछि सो प्रतिवेदन त्यत्तिकै थन्किएको समाचर भउचप्रसाद यादवले गोरखापत्रमा लेखेका छन् । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend