२०८३ श्रावण ११ गते सोमवार

images

बागमतीमा १४ हजार ६२५ जनामा डेंगु सङ्क्रमण

बागमतीमा १४ हजार ६२५ जनामा डेंगु सङ्क्रमण

सहर्ष न्युज
सोमवार, पौष १५ २०८१
सहर्ष न्युज
सोमवार, पौष १५ २०८१
  • हेटौँडा । बागमती प्रदेशमा डेंगु सङ्क्रमित सङ्ख्या १४ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस दोस्रो सातसम्म प्रदेशका १३ जिल्लामा १४ हजार ६२५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

    डेंगु सङ्क्रमणका कारण प्रदेशमा हालसम्म दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले जानकारी दिनुभयो । गत २४ घण्टामा यहाँ १२ जना डेंगु सङ्क्रमित थपिएका छन् । प्रदेशका १३ जिल्लामा सबैभन्दा बढी काठमाडौंमा डेंगु पुष्टि भएको छ ।

    मन्त्रालयको तथ्याङ्कअनुसार काठमाडौंमा पाँच हजार २१६, चितवनमा दुई हजार ९०६, ललितपुरमा एकहजार ४६१,  मकवानपुरमा एकहजार ६१३, भक्तपुरमा एकहजार ६४४, धादिङमा ५६४, नुवाकोटमा ४४१, काभ्रेपलाञ्चोकमा ३४६, दोलखामा १४४, सिन्धुपाल्चोक १४९, रामेछापमा ५७, सिन्धुलीमा ७९ र रसुवामा सबैभन्दा कम पाँच जनामा डेंगु पुष्टि भएको छ ।

    मन्त्रालयका अनुसार साउनमा ८७८, भदौमा दुई हजार २२१, असोजमा पाँच हजार ४५८, कात्तिकमा चार हजार ९१९, मङ्सिरमा एकहजार १११ र पुस दोस्रो सातासम्म ३८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । पछिल्लो तथ्याङ्कअनुसार जाडोयाममा समेत प्रदेशमा डेंगु सङ्क्रमितको घटेको छैन । गत आवमा प्रदेशभरि एघारहजार ९०६ जना डेंगुबाट प्रभावित हुनुभएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend