२०८३ भाद्र २७ गते शनिवार

images

दक्षिण कोरिया विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२० पुग्यो

दक्षिण कोरिया विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२० पुग्यो

सहर्ष न्युज
आइतवार, पौष १४ २०८१
सहर्ष न्युज
आइतवार, पौष १४ २०८१
  • काठमाडौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२० पुगेको छ । १८१ जना सवार विमान धावनमार्गमा ल्याण्ड गर्नेबेला चिप्लिएर दुर्घटना भएको थियो । 

    बिबिसीका अनुसार विमानमा १७५ जना यात्री र चालक दलका ६ सदस्य सवार थिए । सो विमान थाइल्याण्डको बैंककबाट यात्रु लिएर फर्केको थियो । दक्षिण कोरियाको अग्निशमन विभागका अनुसार मृतक सङ्ख्याबारे एकिन गर्ने काम भइरहेको छ ।

    विभागका अनुसार अहिलेसम्म दुई जनाको उद्धार गरिएको छ । विभागले जनाएअनुसार बाँच्न सफल हुनेमा एकजना यात्री र एकजना चालक दलका सदस्य रहेको बिबिसी हिन्दीले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend