२०८३ भाद्र २७ गते शनिवार

images

कोलम्बियामा शक्तिशली भूकम्प : मृतकको संख्या बढ्दो

कोलम्बियामा शक्तिशली भूकम्प : मृतकको संख्या बढ्दो

बुधवार, श्रावण २७ २०८३
बुधवार, श्रावण २७ २०८३
  • काठमाडौँ। कोलम्बियाको पश्चिमी भागमा सोमबार आएको ७.४ म्यागनिच्युडको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ। भूकम्पको केन्द्रबिन्दु राजधानी बोगोटाबाट झन्डै २४० किलोमिटर पश्चिममा रहको सान होसे डेल पाल्मार कत्रमा रहेको थियो। यो भूकम्प कोलम्बियामा यस शताब्दीकै सबैभन्दा शक्तिशाली मानिएको छ।

    स्थानीय अधिकारीहरूका अनुसार अहिलेसम्म दुई सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ, जबकि सयौं मानिस घाइते भएका छन्। सबैभन्दा बढी क्षति काली र पेरेइरा सहरमा देखिएको छ, जहाँ दर्जनौं भवन भत्किएका छन्। एउटा अस्पतालको बाल तथा नवजात शिशु वार्ड नै ध्वस्त भएपछि उद्धारकर्मीहरू त्यहाँ विशेष सतर्कतासथ खोजी अभियान चलाइरहेका छन्।

    केही दिनअघि मात्र पदभार समलेका राष्ट्रपति अबेलार्द दे ला एस्प्रिएयाले भूकम्पलगत्तै राष्ट्रिय विपद् घोषणा गरि उद्धार अभियानको प्रत्यक्ष नेतृत्व लिएका छन्। सेनालाई परिचालन गरिएको छ भने अन्तर्राष्ट्रिय समुदायले पनि सहयोगको हात बढाएको छ।

    स्थानीयवासीहरूले भत्किएका घरका पर्खालमुनि परिवारका सदस्यको खोजीमा हात-हातै श्रृंखला बनाएर माटो बालुवा हटाइरहेका छन्। धेरै ठाउँमा संचार सेवा अवरुद्ध भएकाले परिवारजनहरुसम्म खबर पुर्‍याउन समेत कठिन भएको बताइन्छ। यो विपद्ले सम्पूर्ण क्षेत्रलाई शोकमा डुबाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend