२०८३ श्रावण ११ गते सोमवार

images

मध्यपुर महोत्सवमा विशेष प्रकारका नेवारी खानासँगै नेवारी कला, संस्कृति र स्थानीय उत्पादन प्रदर्शन

मध्यपुर महोत्सवमा विशेष प्रकारका नेवारी खानासँगै नेवारी कला, संस्कृति र स्थानीय उत्पादन प्रदर्शन

सहर्ष न्युज
शनिवार, पौष १३ २०८१
सहर्ष न्युज
शनिवार, पौष १३ २०८१
  • मध्यपुर ठिमी : भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाको आयोजनामा मध्यपुर ठिमी महोत्वस सुरु भएको छ । शुक्रबारबाट सुरु भएको महोत्वस आइतबारसम्म चल्नेछ । हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पत्ति भन्ने नाराका साथ महोत्सवको उपप्रधान एवं शहरी बिकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरे ।

    स्थानीय उत्पादन, कला, संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको महोत्वस मध्यपुर ठिमीको कोर क्षेत्रसहित नगदेशका भित्री सहरमा विशेष कार्यक्रम आयोजना गरिएका छन् ।

    Madhyapur-Thimi Festival.jpg
    undefined

    स्टलमा विशेष प्रकार नेवारी खाना राखिएका छन् । त्यसबाहेक सहरका भित्री चोकमा ७५० वटा नेवारी संस्कृति झल्किने स्मारक, १५० वटा अमूर्त सम्पदा राखिएका छन् । त्यस्तै, २५ भन्दा धेरै चोकमा स्थानीय बाजासहितको सांस्कृतिक झाँकी, नृत्य, भजन, गीत प्रदर्शन गरिएका छन् । 

    नगरपालिकाका सूचना अधिकारी सेशव सिलवालले मध्यपुर ठिमीको ठेट नेवारी कला, संस्कृति र उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्वस आयोजना गरिएको बताए । उनले भने, ‘मध्यपुर ठिमी नेवार समुदायको सहर हो । यहाँ विभिन्न कला, संस्कृति छन् । बाजा छन् । परम्परागत सीप छन् । उत्पादनहरू छन् । त्यसलाई प्रवर्द्धन गर्नु महोत्वसको उद्देश्य हो । महोत्वस तीन दिनसम्म चल्नेछ ।’

    Madhyapur Thimi Mahostav Attraction.jpeg
    undefined

    नगरपालिकाका अनुसार स्टलमा माटो तथा सेरामिक्सबाट बनेका माटोका भाँडा, हस्तकला, गेडागुडी, किराँत र लिच्छविकालीन १५३ मुलुकका मुद्रा, बुद्धको अस्तु पनि राखिएका छन् । स्थानीय रूपमा उत्पादन हुने मदिरा, तोरीको तेल, परम्परागत खेल, हाकुपटासीलगायतका उत्पादन पनि राखिएका छन् । त्यस्तै, जन्मदेखि मृत्युसम्मका विभिन्न नेवारी संस्कार, जिब्रो छेड्ने जात्रा, बिस्केट जात्रा, अबिर जात्रा,  व्रतबन्ध, बेलविवाह पनि महोत्वसमा प्रदर्शन गरिएका छन् ।

    Madhyapur Thimi Mahostav 1.jpg

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend