२०८३ श्रावण १२ गते मंगलवार

images

१ अर्ब १० करोड रुपैयाँ लागतमा सङ्खुवासभास्थित लङ्खुवा खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न

१ अर्ब १० करोड रुपैयाँ लागतमा सङ्खुवासभास्थित लङ्खुवा खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न

सहर्ष न्युज
बिहिवार, पौष ११ २०८१
सहर्ष न्युज
बिहिवार, पौष ११ २०८१
  • किमाथांका । सङ्खुवासभामा पाँच मेगावाट क्षमताको लङ्खुवा खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ। सभापोखरी हाइड्रोपावर लिमिटेडले उक्त आयोजना निर्माण गरेको हो।

    सभापोखरी गाउँपालिका-३ मा निर्मित उक्त आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत तुम्लिङ्टार सबसस्टेन हुँदै राष्ट्रिय प्रसारणमा जोडिएको छ।

    आयोजनाले १५ दिनपछि व्यावसायिक उत्पादन सुरू गर्ने प्रबन्ध निर्देशक श्रीराम देवकोटाले बताए। विद्युत् उत्पादन गरेपछि प्राधिकरणलाई १५ दिन निःशुल्क विद्युत् उपलब्ध गराउनुपर्नेछ।

    आयोजनामा तीन हजार एक सय मिटर लामो हेडरेस पाइप तथा छ सय मिटरको पेनस्टक पाइप जडान गरेर लङ्खुवा खोलाको पानी स्थानीय बाह्रबीसे बजार नजिकै रहेको विद्युत् गृहमा खसालिएको छ।

    विसं २०७७ माघदेखि काम सुरु गरेको आयोजनाको निर्माण पूरा भएपछि नेपाल विद्युत् प्राधिकरणको रोहरबरमा टेस्टिङ तथा कमिसनिङसमेत सम्पन्न भइसकेको छ। उक्त आयोजना करिब १ अर्ब १० करोड रुपैयाँ लागतमा निर्माण भएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend