२०८३ श्रावण १२ गते मंगलवार

images
  • प्रमुख समाचार
  • कैलालीको चिसापानीदेखि राजकाँडासम्म केबलकार सञ्चालनका लागि...

कैलालीको चिसापानीदेखि राजकाँडासम्म केबलकार सञ्चालनका लागि निर्माण सुरु

कैलालीको चिसापानीदेखि राजकाँडासम्म केबलकार सञ्चालनका लागि निर्माण सुरु

सहर्ष न्युज
बिहिवार, पौष ११ २०८१
सहर्ष न्युज
बिहिवार, पौष ११ २०८१
  • घोडाघोडी(कैलाली) । कैलालीको चिसापानीदेखि राजकाँडासम्म केबलकार सञ्चालनका लागि निर्माण सुरु गरिने भएको छ । यहि शनिबार केबलकार निर्माणको शिलान्यास गरिने भएको हो ।  

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शिलान्यास गर्ने कार्यक्रम तय भएको सञ्चालक सूर्यबहादुर थापाले जनाउनुभयो । केबलकार निर्माणका लागि एक हजार आठ सय बढी रुख कटान भइसकेको छ भने २० बिगाह जग्गा पनि जालपादेवी केबुलकारको नाममा आइसकेको बताइएको छ ।

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जिल्ला समन्वय समिति कैलालीका पूर्वसभापति सूर्यबहादुर थापाको समूहले जालपादेवी केबुलकार निर्माण गर्न लागेको हो । अध्यक्ष ढकाल चन्द्रागिरी केबुलकारका सञ्चालकसमेत हुनुहुन्छ ।

    थापाका अनुसार सात अर्ब रुपियाँको लगानीमा निर्माण हुन लागेको केबलकारको कूल लम्बाइ तीन दशमलब एक किलोमिटरको हुनेछ । दश मिनेटको यात्रा दुरी रहने केबलुकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहने गरी डिपिआर निर्माण भएको सञ्चालक थापाले जानकारी दिनुभयो ।

    केबलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरब, कालिकादेवी, कैलाश धामलगायतका धार्मिकस्थल, हात्ती ढुङ्गा लगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिनेछ । केबलकारबाट हुने कूल आम्दानीको दुई प्रतिशत स्थानीय सरकारलाई उपलब्ध गराउने बताइएको छ । 

    यस्तै केबुलकारको निर्माणसँगै चिसापानीमा ५० बेड र राजकाँडामा एक सय बेड क्षमताका होटेल र सभाहल निर्माण गरिने बताइएको छ । केबलकारको बटम स्टेशन कर्णाली चिसापानीमा रहने जनाइएको छ । केवलकार सञ्चालनले सुदूरपश्चिमको पर्यटन विकाससंगै आर्थिक उपार्जनमा समेत सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend