२०८३ श्रावण ११ गते सोमवार

images

तस्कर पक्राउ गर्न सेनाद्वारा हवाई फायर, एक जना पक्राउ

तस्कर पक्राउ गर्न सेनाद्वारा हवाई फायर, एक जना पक्राउ

सहर्ष न्युज
बिहिवार, पौष ११ २०८१
सहर्ष न्युज
बिहिवार, पौष ११ २०८१
  • हेटौँडा : नेपाली सेनाले हवाई फायर गरी हेटौँडाबाट गैंडाको खाँग तस्करीमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

    सेनाको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नं. ८ स्थित गर्दोईबाट बिहीबार मध्याह्न हवाई फायर गरी गैंडाको खाँग तस्करी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    प्रहरीका अनुसार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत दिनेश श्रेष्ठ र चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका श्री नयाँ गोरख गणका उपसेनानी दीपक बाँस्कोटासहितको टोलीले गैंडाको खाँग तस्करी गर्ने व्यक्तिलाई खोजतलास गर्दै जाने क्रममा गर्दोई नजिक चौरबाट एक जनालाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार पक्राउ परेका व्यक्तिको नाम, थर र ठेगाना खुलाइएको छैन र निजलाई आवश्यक कारबाहीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालयतर्फ लगिएको छ ।

    ती व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा नेपाली सेनाले कोलकमाण्डो हतियारबाट पाँच राउण्ड हवाई फायर गरिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend